

पेट्रोलियम पदार्थ आयातबाट ७३ अर्ब रुपैयाँ राजस्व सङ्कलन


वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट ७३ अर्ब १८ करोड रुपैयाँ सङ्कलन गरेको छ ।
कार्यालयले चालू आर्थिक वर्षको ११ महिनामा पाँच थरिका पेट्रोलियम पदार्थ आयात गर्न एक खर्ब ७४ अर्ब नौ करोड रुपैयाँ रकम खर्चिएको छ ।
आयातबाट प्राप्त कुल राजस्वमा मुख्य २० वस्तुबाट प्राप्त राजस्वको योगदानमा पेट्रोलियम पदार्थको हिस्सा भने ४६ दशमलव ४३ प्रतिशत रहेको छ ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले वीरगञ्ज भन्सारको राजस्वको मुख्य आधार नै पेट्रोलियम पदार्थ र गाडीको आयातबाट प्राप्त हुने राजस्व रहेको बताउनुभयो ।
त्यस्तै दोस्रो धेरै राजस्व भने गाडी र तिनका पार्टपुर्जा आयातबाट १७ अर्ब ७० करोड रुपैयाँ रकम प्राप्त भएको छ । आयातबाट प्राप्त राजस्वमा गाडी र पार्टपुर्जाको हिस्सा भने ११ दशमलव २३ प्रतिशत छ ।
त्यसैगरी फलाम तथा फलामबाट बनेका सामानबाट पाँच अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । मेशिनरी तथा पार्टपुर्जा आयातबाट पाँच अर्ब २६ करोड रुपैयाँ सङ्कलन भएको छ ।
इलेक्ट्रिक मेशिनरी, उपकरण र तिनका पार्टपुर्जा आयातबाट तीन अर्ब ६७ करोड रुपैयाँ सङ्कलन गरेको प्रमुख भन्सार प्रशासक लामिछानेले बताउनुभयो ।
चालू आर्थिक वर्षकै ११ महिनामा सबै प्रकारका कपडा आयातबाट तीन अर्ब ६ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
सुर्ती र सुर्तीजन्य पदार्थको आयातबाट दुई अर्ब ५८ करोड, शृङ्गारका सामान आयातबाट दुई अर्ब ५२ करोड, प्लास्टिकका कच्चा पदार्थ आयातबाट दुई अर्ब ३२ करोड तथा अन्य लुब्रिकेन्ट आयलको आयातबाट दुई अर्ब १९ करोड रुपैयाँ राजस्व सङ्कलन भएको प्रमुख भन्सार प्रशासक लामिछानेले जानकारी दिनुभयो ।


खबर सबै
-
रवि लामिछानेको मुद्दाको सुनुवाई आज पनि हेर्दा हेर्दैमा
-
स्वास्थ्य बिमा बोर्डको टिकटक–फेसबुक रिल्स प्रतियोगिता : ५० हजार पुरस्कार
-
समानुपातिक सांसदलाई आयोगले चैत ५ मा प्रमाणपत्र दिने
-
प्युठानमा ‘प्युठानी रातो मुला’ बिउ उत्पादन सुरु
-
सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन
-
एक करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारी पक्राउ
-
प्युठानमा ‘प्युठानी रातो मुला’ बिउ उत्पादन सुरु
-
सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन
-
एक करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारी पक्राउ
-
कपिलवस्तुमा छुट्टाछुट्टै तीन स्थानमा मोटरसाइकल दुर्घटना : तीन जनाको मृत्यु
-
गगनलाई राजीनामा नदिन कांग्रेसका केन्द्रीय सदस्यहरूकाे आग्रह
-
रास्वपाको सचिवालय बैठक स्थगित, आइतबार बस्ने










प्रतिक्रिया