कपिलवस्तु : विजयनगरमा घरको छानो खस्दा वृद्धको ज्यान गयो

कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका–३, जगदीशपुरमा आइतबार राति घरको छानो खस्दा एक वृद्धको ज्यान गएको छ।

इलाका प्रहरी कार्यालय गणेशपुरका अनुसार ६० वर्षीय दुर्गा प्रसाद काफ्ले आफ्नै घरभित्र सुतिरहेको बेला छानो खसेर च्यापिएपछि उनको घटनास्थलमै मृत्यु भएको हो। रातभर परेको अविरल वर्षाका कारण पुरानो र जीर्ण बनेको छाप्रो अचानक भत्किँदा उक्त घटना भएको प्रहरीले जनाएको छ।

घटनाबारे स्थानीयले बिहान करिब ५ बजेतिर प्रहरीलाई खबर गरेका थिए। सूचना पाएपछि प्रहरीको टोली घटनास्थलमा पुग्दा काफ्ले मृत अवस्थामा फेला परेको थियो।

मृतकको शवलाई पोष्टमार्टमका लागि बहादुरगञ्ज अस्पताल पठाइएको छ भने घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

खबर सबै