



बुटवल-नारायणगढ सडक अन्तर्गत विनयी खोलमा बाढीले डाइभर्सन बगायो


पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको विनयी खोलामा बनाइएको डाइभर्सन बाढीले बगाउँदा सवारी आवागमन प्रभावित भएको छ । गएरातिको वर्षाले विनयी खोलाको डाइभर्सन बगाएपछि त्यहाँबाट गाडी सन्चालन हुन सकेका छैनन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रवक्ता एवम् डिएसपी मधु नेपालका अनुसार डाइभर्सनभन्दा माथिबाट पानी बगिरहेकाले त्यहाँबाट गाडी चलाउन सम्भव छैन । त्यसैले मालबाहक बाहेक यात्रुबाहक बस र साना गाडीहरु होङ्सी सिमेन्टको गेट हुँदै, सर्दि गाउँ हुँदै दुम्किबास बजार निस्किने गरेका छन् ।
तर, दुम्किबास दाउन्नेको उकालो उक्लिन ती गाडीहरुलाई पनि समस्या भइरहेको छ । दाउन्नेको उकालो सडक हिलाम्मे र चिप्लो भएकाले सवारी साधन सन्चालनमा समस्या भएको हो । त्यसैले दुम्किबास क्षेत्रमा पनि सवारी साधनहरुको लामो लाइन लागेको छ । धेरैजसो सवारी साधनहरु, अरुणखोला, दुम्किबास र होङ्सीगेटतर्फ रोकिएका छ्रन् । त्यहाँ करिब दुई सय सवारी साधनहरुको लाइन लागेको प्रहरीले जनाएको छ ।
निर्माणाधीन दाउन्ने खण्डमा गाडी फस्ने समस्या देखिएको छ । त्यस्ता ठाउँहरुमा प्रहरीहरु खटाइएको छ । उनीहरुले स्काभेटर अपरेटरलाई बाटो सम्याउन लगाउने र गाडी पास गराउने कोसिस गरिरहेका छन् । दाउन्ने खण्डमा सवारी साधनहरु बल्ल(बल्ल पास हुन सकेका छन् । घण्टौंसम्म जाममा बस्नुपर्दा सवारी साधनका चालक, सहचालकदेखि सयौं यात्रुहरु समस्यामा परेका छन् ।

खबर सबै
-
मंसिरमा महोत्सवमय बन्दै कपिलवस्तु
-
बाणगंगा–१ को नवनिर्मित नयाँ प्रशासनिक वडा कार्यालय भवन उद्घाटन
-
१६ औं कपिलवस्तु महोत्सवमा यसपटक टिकटक भिडियो प्रतियोगिताः सिर्जनशीलता र सकारात्मक प्रचारलाई प्रोत्साहन गरिने
-
महिला एकता समाजकाे ७औं अधिवेशन सम्पन्न
-
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने
-
लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि
-
महिला एकता समाजकाे ७औं अधिवेशन सम्पन्न
-
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने
-
लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि
-
ईपीएस भाषा परीक्षा आजदेखि, पहिलो प्राथमिकता उत्पादन क्षेत्र
-
प्यूठानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ जना घाइते, तीन जनाको अवस्था गम्भीर
-
नयाँ राजनीतिक दल दर्ताको लागि समय थपियो, मंसिर ६ सम्म निवेदन दिन सकिने







प्रतिक्रिया