इजरायलबाट इरानको आणविक केन्द्रमा आक्रमण

इजरायलले इरानमा हमला गरेको जनाएको छ। इजरायलका रक्षा मन्त्री एरिक काजले यसको घोषणा गरेसँगै इरानको राजधानी तेहरानमा विस्फोटको आवाज सुनिएका छन्।

काट्जले आफ्नै देशमा पनि आपत्कालको घोषणा गरेका छन्। यो आक्रमणको लक्ष्य इरानको आणविक केन्द्र भएको जनाइएको छ।

इजरायली एयर फोर्सको जेटले पहिलो चरणको काम सकेको जनाएको छ। यसमा धेरै सैन्य केन्द्र तथा इरानको धेरै क्षेत्रमा रहेका आणविक लक्ष्य केन्द्रित स्थान रहेको जनाइएको छ।

अमेरिकी विदेश मन्त्री मार्क रुबियोले यस आक्रमणमा अमेरिकी संलग्नता नरहेको जानकारी दिएका छन्।

प्रतिक्रिया

खबर सबै