



पश्चिमी क्षेत्रमा सक्रिय रहेको वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै, ७ जिल्लामा बाढीकाे जाेखिम


अहिले देशको सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा वर्षा गराउने प्रणाली सक्रिय रहेको छ । बितेको १२ घण्टामा डडेल्धुराको गाइबाँधे क्षेत्रमा ६७ मिलिमिटरभन्दा धेरै वर्षा भएको छ । यो अवधिमा गण्डकी प्रदेशको लमजुङ, कास्की, बागलुङ र लुम्बिनी प्रदेशका धेरै ठाउँ र सुदूरपश्चिमको तराई क्षेत्रमा वर्षा भएको छ ।
यी क्षेत्रमा विकसित भएको वर्षा गराउने प्रणाली अहिले पूर्वतर्फ सरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रमा पनि पानी पर्ने सम्भावना छ ।
यसैबीच बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर आज दाङ, बाँके, बर्दिया, सल्यान, सुर्खेत, दैलेख र जाजरकोट जिल्ला र आसपास भएर बग्ने खोला तथा नदीहरूमा बाढीको जोखिम रहेको जनाएको छ । आज ललितपुर लगायत २४ वटा जिल्लामा बाढीको सम्भावना रहेकोमा सात वटा जिल्लामा मध्यम जोखिम रहेको महाशाखाको सूचनामा उल्लेख छ ।
यस्तै महाशाखाले आउँदो तीन दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै पूर्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला, बागमती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने पुर्वानुमान भए पनि घटबढ भइरहने देखिएकोले नदी तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता आवश्यक रहेको जनाएको छ ।
यसैबीच कोशी प्रदेशमा आएर शिथिल बनिरहेको मनसुन आज राति वा भोलिदेखि सक्रिय भएर पश्चिमतर्फ सर्ने र आइतवारपछि मध्य क्षेत्रबाट पश्चिमतर्फ सर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

खबर सबै
-
मंसिरमा महोत्सवमय बन्दै कपिलवस्तु
-
बाणगंगा–१ को नवनिर्मित नयाँ प्रशासनिक वडा कार्यालय भवन उद्घाटन
-
१६ औं कपिलवस्तु महोत्सवमा यसपटक टिकटक भिडियो प्रतियोगिताः सिर्जनशीलता र सकारात्मक प्रचारलाई प्रोत्साहन गरिने
-
महिला एकता समाजकाे ७औं अधिवेशन सम्पन्न
-
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने
-
लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि
-
महिला एकता समाजकाे ७औं अधिवेशन सम्पन्न
-
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने
-
लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि
-
ईपीएस भाषा परीक्षा आजदेखि, पहिलो प्राथमिकता उत्पादन क्षेत्र
-
प्यूठानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ जना घाइते, तीन जनाको अवस्था गम्भीर
-
नयाँ राजनीतिक दल दर्ताको लागि समय थपियो, मंसिर ६ सम्म निवेदन दिन सकिने







प्रतिक्रिया