



आईपीएल क्रिकेटको फाइनलमा पुग्न आज मुम्बई र पन्जाब खेल्दै


इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा पुग्न आज मुम्बई इन्डियन्स र पन्जाब किङ्ग्स खेल्दैछन् । यो खेल अहमदाबादमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।
अस्ति भएको इलिमिनेटर खेलमा गुजरात टाइटन्सलाई हराउँदै मुम्बई इन्डियन्स दोस्रो क्वालिफायरमा पुगेको हो । उसले गुजरातलाई २० रनले हरायो ।
पन्जाब पहिलो क्वालिफायरमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) सँग पराजित हुँदा दोस्रो क्वालिफायर खेल्न लागेको हो । बेङ्गलुरुले पन्जाबलाई ८ विकेटले हराएको थियो ।
आज हुने दोस्रो क्वालिफायरको विजेता टोलीले उपाधिका लागि पर्सि मङ्गलवार रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) सँग खेल्नेछ ।

खबर सबै
-
मंसिरमा महोत्सवमय बन्दै कपिलवस्तु
-
बाणगंगा–१ को नवनिर्मित नयाँ प्रशासनिक वडा कार्यालय भवन उद्घाटन
-
१६ औं कपिलवस्तु महोत्सवमा यसपटक टिकटक भिडियो प्रतियोगिताः सिर्जनशीलता र सकारात्मक प्रचारलाई प्रोत्साहन गरिने
-
महिला एकता समाजकाे ७औं अधिवेशन सम्पन्न
-
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने
-
लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि
-
महिला एकता समाजकाे ७औं अधिवेशन सम्पन्न
-
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने
-
लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि
-
ईपीएस भाषा परीक्षा आजदेखि, पहिलो प्राथमिकता उत्पादन क्षेत्र
-
प्यूठानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ जना घाइते, तीन जनाको अवस्था गम्भीर
-
नयाँ राजनीतिक दल दर्ताको लागि समय थपियो, मंसिर ६ सम्म निवेदन दिन सकिने







प्रतिक्रिया