फलफूल, मासु तथा खाद्यान्न बिक्रीपूर्व अनिवार्य विषादि परीक्षण

 फलफूल, मासु तथा खाद्यान्न बिक्रीपूर्व अनिवार्य विषादि परीक्षण गरिने भएको छ । आर्थिक वर्ष २०८१र८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन् ।

‘फलफूल, मासु तथा खाद्यान्न बिक्रीपूर्व अनिवार्य रुपमा विषादि परीक्षण गरिनेछ। थोकबजार केन्द्रमा द्रूत विषादि परीक्षण विधिबाट ताजा तरकारी र फलफूलमा विषादि परीक्षण गर्ने व्यवस्था मिलाइनेछ,’ उनले भने ।

विषादि परीक्षणका लागि आवश्यक जनशक्ति र प्रविधिका लागि आवश्यक बजेट व्यवस्था गरिएको मन्त्री पौडेलले बताए ।

प्रतिक्रिया

खबर सबै