



गौतमबुद्ध क्रिकेट रंगशालाको सम्पत्ति खरिद गर्न सशर्त अनुदान

सरकारले चितवनस्थित गौतमबुद्ध क्रिकेट रंगशालाको सम्पत्ति गर्न सशर्त अनुदान दिने भएको छ ।
बिहीबार आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले त्रिभुवन विश्वविद्यालय ईआईए अध्ययन संस्थानबाट गरिने मूल्यांकनका आधारमा रंगशालाको सम्पत्ति खरिद गर्न सशर्त अनुदान दिइने बताएका हुन् ।
“त्रिभुवन विश्वविद्यालय ईआईए अध्ययन संस्थानबाट गरिने मूल्यांकनका आधारमा चितवनस्थित गौतमबुद्ध क्रिकेट रंगशालाको सिर्जिन सम्पत्ति खरिद गर्न सशर्त अनुदानको व्यवस्थान गरेको छु,” अर्थमन्त्री पौडेलले भने ।
सरकारले आर्थिक वर्ष २०८२/०८३ मा युवा तथा खेलकुदतर्फ ६ अर्ब आठ करोड रुपैयाँ विनियोजन गरेको छ ।
यसअघि २०७५ मा हास्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले धुर्मुस–सुन्तली फाउन्डेसनमार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने अभियान सुरु गरेका थिए । तर, आर्थिक अभाव हुँदा बीचमा तीन वर्ष निमार्ण कार्य अलपत्र परेको थियो । यसपछि सरकारले २०७९ चैतमा मन्त्रिपरिषद्को बैठकबाट रंगशाला निर्माणको जिम्मा सरकारले लिने निर्णय भएको थियो ।

खबर सबै
-
कपिलवस्तुको बाणगंगाबाट ५ जना जुवाडे र होटल सञ्चालक पक्राउ
-
सभापति देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
-
एक तोला सुनको मूल्य २ लाख ७० हजार ६०० पुग्यो
-
निर्वाचन आउन ५३ दिन बाँकी, सामाजिक सञ्जाल पनि आचारसंहिताको दायरामा
-
राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण
-
देशभर पश्चिमी वायुको आंशिक प्रभाव
-
निर्वाचन आउन ५३ दिन बाँकी, सामाजिक सञ्जाल पनि आचारसंहिताको दायरामा
-
राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण
-
देशभर पश्चिमी वायुको आंशिक प्रभाव
-
आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर मनाइँदै
-
लायन्स कपिलवस्तुको सामाजिक पहल : विपन्न परिवारलाई चिसो मौसममा न्यानो सहयोग
-
राष्टिय एकताको सन्देश सहित ‘पृथ्वी जयन्ती’ मनाउने वेलफेयरको तयारी











प्रतिक्रिया