१०औँ राष्ट्रिय खेलकुद आयोजना गर्न ५४ करोड बजेट विनियोजन

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा १०औँ राष्ट्रिय खेलकुद आयोजना गर्न ५४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय सदनमा बजेट प्रस्तुत गर्दै कर्णालीको राजधानी सुर्खेतमा आयोजना हुने तय भएको १०औँ राष्ट्रिय खेलकुद आयोजनाका निम्ति ५४ करोड रुपैयाँ विनियोजन गरेका हुन् ।
“सुर्खेतको विरेन्द्रनगरमा १०औँ राष्ट्रिय खेलकुदको आयोजना गर्न ५४ करोड रुपैयाँ विनियोजन गरेको छु,” अर्थमन्त्री पौडेलले भने ।
यसअघि आर्थिक वर्ष २०८१/८२ को बजेटमा पनि सरकारले १०औँ राष्ट्रिय खेलकुद आयोजना गर्न ६० करोड रुपैयाँ विनियोजन गरेको थियो । तर, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र खेलकुद मन्त्रालयबीच खिचातानी हुँदा १०औँ राष्ट्रिय खेलकुदको मिति पटक–पटक सर्दै आएको छ ।

खबर सबै
-
हिल्बर्ट स्कुलमा १६ औँ अभिभावक दिवस,शैक्षिक प्रदर्शनी तथा सिर्जनात्मकता प्रस्तुत
-
शेयर बजार २ हजार ६ सय ४२ विन्दुमा झर्याे
-
दुर्गा प्रसाईलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
-
ठाउँठाउँमा शङ्कास्पद वस्तुकाे त्रास : रङकाे बट्टाले त्रसित बन्यो भैरहवा, कपिलवस्तुमा पनि त्यस्तै वस्तु फेला, डिफ्युज गर्दै सेना !
-
चुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मानव अधिकार आयोगको आग्रह
-
प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो
-
टी-२० विश्वकप : नेपालको आज अन्तिम खेल, स्कटल्याण्डसँग भिड्दै
-
भैरहवामा भेटिएको शंकास्पद भनिएको वस्तु माटो राखेको बियरको बोतल

प्रतिक्रिया