डाटा सेन्टर खोल्न चाहने स्वदेशी तथा विदेशी कम्पनीलाई जग्गा दिइने

सरकारले डिजिटल पूर्वाधार निर्माण र इको सिस्टम विकास गर्न ७४ करोड विनियोजन गरेको छ । 

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै डाटा सेन्टर निर्माण, सञ्चालन र पूर्वाधार विकासमा निजी क्षेत्रसँग साझेदारी गरिने बताए । 

काठमाडौंमा सूचना प्रविधि पार्क स्थापना गरिने जनाए । मध्यपहाडी क्षेत्रमा डाटा सेन्टर स्थापनाको सम्भाव्यता अध्ययन गरिने छ । 

सरकारले डाटा सेन्टर स्थापना गर्न चाहने स्वदेशी तथा विदेशी कम्पनीलाई जग्गा, विद्युत र सुरक्षा उपलब्ध गराउने बताए ।

प्रतिक्रिया

खबर सबै