

आईपीएल : चेन्नईको घरमा १७ वर्षपछि बेंग्लोरको जित



इण्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बेंग्लोरले चेन्नई सुपर किंग्सलाई ५० रनले हराएको छ।
बेंगलुरुले चेन्नईलाई १७ वर्षपछि उसकै मैदानमा हराएको हो। सन् २००८ को पहिलो संस्करणमा बेंगलुरुले चेन्नईलाई हराएको थियो। त्यसपछि चेपकमा बेंग्लोरको यो पहिलो जित हो।
१ सय ९७ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४६ रन मात्र बनाउन सक्यो।


प्रतिक्रिया