१९ वर्षमुनिको साफ च्याम्पियनशिपको खेलतालिका सार्वजनिक

काठमाण्डाै : १९ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको खेलतालिका सार्वजनिक भएको छ । भारतको अरुणाचल प्रदेशमा रहेको युपिया शहरको गोल्डेन जुब्ली स्टेडियममा आउँदो मे ९ देखि १८ तारिखसम्म हुने प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको हो ।
प्रतियोगिताको समूह ‘ए’ मा माल्दिभ्स, भुटान र साविक विजेता बङ्गलादेश छन् । यस्तै समूह ‘बी’ मा नेपाल, भारत र श्रीलङ्का छन् । नेपालले मे ११ मा श्रीलङ्कासँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ । यस्तै नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेलमा मे १३ मा भारतसँग खेल्नेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा बङ्गलादेश र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटनकै दिन हुने अर्को खेलमा श्रीलङ्का र भारत खेल्नेछन् ।
प्रतियोगितामा समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनलमा समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता तथा समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेता खेल्नेछन् ।

खबर सबै
-
हिल्बर्ट स्कुलमा १६ औँ अभिभावक दिवस,शैक्षिक प्रदर्शनी तथा सिर्जनात्मकता प्रस्तुत
-
शेयर बजार २ हजार ६ सय ४२ विन्दुमा झर्याे
-
दुर्गा प्रसाईलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
-
ठाउँठाउँमा शङ्कास्पद वस्तुकाे त्रास : रङकाे बट्टाले त्रसित बन्यो भैरहवा, कपिलवस्तुमा पनि त्यस्तै वस्तु फेला, डिफ्युज गर्दै सेना !
-
चुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मानव अधिकार आयोगको आग्रह
-
प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो
-
टी-२० विश्वकप : नेपालको आज अन्तिम खेल, स्कटल्याण्डसँग भिड्दै
-
भैरहवामा भेटिएको शंकास्पद भनिएको वस्तु माटो राखेको बियरको बोतल

प्रतिक्रिया