



लागूऔषध समाजमा अत्यन्तै चूनौतिका रुपमा देखियो : गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले लागूऔषध समाजमा अत्यन्तै चूनौतिका रुपमा देखा परेको बताएका छन् । शनिबार ‘लागूऔषध विरुद्धको महाअभियान’ शुभारम्भ कार्यक्रममा बोल्दै उनले लागूऔषध समाजका लागि एउटा घातकको रुपमा देखा परेको बताएका हुन् ।
उनले भने, ‘लागूऔषध अत्यन्तै चुनौतिका रुपमा देखिसकिएको छ । समाजका लागि एउटा घातकको रुपमा देखा परेको छ । खास गरेर युवाहरुमा यसले अत्यन्तै नकारात्मक असर पारिरहेको छ । समाजकै लागि चुनौतिपूर्ण बन्दै गइरहेको छ । व्यक्ति व्यक्तिलाई यसले समाप्त गर्दैछ । समग्र समाजलाई यसले खोक्रो बनाउँदैछ ।
समाजलाई यसले आक्रान्त गरिरहेको छ भयानक रुपले । जो व्यक्ति लागूऔषधको दुव्र्यसनमा परेको छ उसको त जीवन समाप्तीतर्फ गएकै छ । तर समग्र परिवारले अत्यन्त पीडा र चिन्तामा जीवन निर्वाह गर्नुपरेको अवस्था छ ।’
साथै उनले समाजमा हुने सबैभन्दा बढी अपराधको जड नै लागूऔषध भएको बताए । उनले यौनजन्य हिंसाका पछि समेत लागूऔषध नै जोडिएको बताए ।
उनले भने, ‘समाजमा हुने सबैभन्दा बढी अपराधको जड नै लागूऔषध बनेको छ । यौनजन्य हिंसाका पछि समेत लागूऔषध नै जोडिएको छ । झण्डै ३३ प्रतिशत भन्दा बढी मानिसहरु लागूऔषधको दुव्र्यसनमा परेका छन् । एक दिनमा १७ जना मानिस आत्महत्या गरेर मरिरहेका छन् । मानिस लागूऔषध सेवन गर्छ र डिप्रेसनमा जान्छ यसको पछि पनि लागूऔषध नै छ ।’

खबर सबै
-
कपिलवस्तुको बाणगंगाबाट ५ जना जुवाडे र होटल सञ्चालक पक्राउ
-
सभापति देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
-
एक तोला सुनको मूल्य २ लाख ७० हजार ६०० पुग्यो
-
निर्वाचन आउन ५३ दिन बाँकी, सामाजिक सञ्जाल पनि आचारसंहिताको दायरामा
-
राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण
-
देशभर पश्चिमी वायुको आंशिक प्रभाव
-
निर्वाचन आउन ५३ दिन बाँकी, सामाजिक सञ्जाल पनि आचारसंहिताको दायरामा
-
राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण
-
देशभर पश्चिमी वायुको आंशिक प्रभाव
-
आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर मनाइँदै
-
लायन्स कपिलवस्तुको सामाजिक पहल : विपन्न परिवारलाई चिसो मौसममा न्यानो सहयोग
-
राष्टिय एकताको सन्देश सहित ‘पृथ्वी जयन्ती’ मनाउने वेलफेयरको तयारी







प्रतिक्रिया