

देशमा ठूलो आन्दोलनको आवश्यकता महसुस हुन थाल्यो : प्रचण्ड


काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा ठूलो आन्दोलनको आवश्यकता महसुस आफूले गरेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित संविधान निगरानी समूह र आईएसएसआर ले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘नेपालमा एउटा ठूलो आन्दोलन आवश्यक हो कि भनेर मलाई नै लाग्न थालेको छ,’ प्रचण्डले भने, ‘के देशले फेरि एउटा अर्को आन्दोलन खोजेको हो ?’
उनले जनतामा निराशा बढेको बढ्यै भएकाले विस्तारै मानिसहरूमा आन्दोलनको कुरा मनमा आइरहेको जिकिर गरे ।
‘जनतामा निराशा बढेको बढ्यै छ । अब प्रश्न चाहिँ विस्तारै मानिसहरूको मनमा आउँदैछ,’ उनले भने ।
साथै, आफू विद्रोहतर्फ जानै लागथेको भन्ने अर्थ चाहिँ नलगाउन पनि उनले आग्रह गरे ।
‘विद्रोह गर्ने निष्कर्षमा पुगेँ भन्ने अर्थ नलागोस् । युवाहरूमा देखिएको फ्रस्टेशन देख्दा नेतृत्वले पनि संविधान मिच्ने काम गर्दै आएको छ,’ उनले भने ।
साथै, उनले अहिलेको सरकार संविधानसम्मत नभएको पनि जिकिर गरे ।
‘यो सरकार बनेको पनि संविधानसम्मत विल्कुल लागेकै छैन,’ प्रचण्डले भने ।


खबर सबै
-
रवि लामिछानेको मुद्दाको सुनुवाई आज पनि हेर्दा हेर्दैमा
-
स्वास्थ्य बिमा बोर्डको टिकटक–फेसबुक रिल्स प्रतियोगिता : ५० हजार पुरस्कार
-
समानुपातिक सांसदलाई आयोगले चैत ५ मा प्रमाणपत्र दिने
-
प्युठानमा ‘प्युठानी रातो मुला’ बिउ उत्पादन सुरु
-
सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन
-
एक करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारी पक्राउ
-
प्युठानमा ‘प्युठानी रातो मुला’ बिउ उत्पादन सुरु
-
सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन
-
एक करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारी पक्राउ
-
कपिलवस्तुमा छुट्टाछुट्टै तीन स्थानमा मोटरसाइकल दुर्घटना : तीन जनाको मृत्यु
-
गगनलाई राजीनामा नदिन कांग्रेसका केन्द्रीय सदस्यहरूकाे आग्रह
-
रास्वपाको सचिवालय बैठक स्थगित, आइतबार बस्ने










प्रतिक्रिया