



अपटेड : अमेरिकामा विमान र हेलिकप्टर ठोकिएर भएको दुर्घटनामा ३० जनाको शव भेटियो

अमेरिकाको वाशिङ्टन डीसी नजिकै अमेरिकी एअरलाइन्सको विमान आकाशमा अमेरिकी सेनाको हेलिकप्टरसँग ठोकिएर दुर्घटना हुँदा उद्धार टोलीले ३० जनाको शव फेला पारेको छ ।
विमानमा चालक दलका सदस्यसहित ६४ जना र हेलिकप्टरमा तीन जना सैनिक रहेका थिए । वाशिङ्गन डीसीको विमानस्थलमा अवतरण गर्न लागेको यात्रुवाहक विमान सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टरसँग ठोकिएर पोटोम्याक नदीमा खसेको थियो । आकाशमा दुर्घटना भएपछि विमानका दुई ठूला टुक्रा पोटोम्याक नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका एएफपीले जनाएको छ ।
दुर्घटनाग्रस्त विमानमा रहेका यात्रुको खोजी कार्य भइरहेको तर रातको समय, पानी र चिसो मौसमका कारण उद्धार कार्य गरिरहेका उद्धारकर्मीहरूले ‘अत्यन्त कठिन’ अवस्थाको सामना गर्नुपरेको वाशिङ्टनका अग्नि नियन्त्रक जोन डोनेली बताउनुभयो । अधिकारीहरूले दुर्घटनामा कोही बाँचेका छन् या छैनन् भन्ने कुरा अहिले भन्न नमिल्ने बताएका छन् ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुर्घटनाबारे आफूले जानकारी पाएको र अवस्थाको अनुगमन भइरहेको सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्नुभएको छ । वाशिङ्गटन डीसीका मेयर मुरिएल बाउसरले दुर्घटनाको अनुसन्धानका लागि कुनै सीमा नतोकिएको बताउनुभएको छ ।
यो दुर्घटना अमेरिकामा सन् २००९ पछि व्यावसायिक विमानमा भएको सबैभन्दा ठूलो मानिएको छ । सन् २००९ को फेब्रुअरी महिनामा कन्टिनेन्टल एअरलाइन्सको यात्रुवाहक विमान न्युयोर्कको विमानस्थलमा अवतरण गर्ने क्रममा एउटा घरमा गएर जोतिँदा ४९ जनाको ज्यान गएको थियो ।

खबर सबै
-
कपिलवस्तुको बाणगंगाबाट ५ जना जुवाडे र होटल सञ्चालक पक्राउ
-
सभापति देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
-
एक तोला सुनको मूल्य २ लाख ७० हजार ६०० पुग्यो
-
निर्वाचन आउन ५३ दिन बाँकी, सामाजिक सञ्जाल पनि आचारसंहिताको दायरामा
-
राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण
-
देशभर पश्चिमी वायुको आंशिक प्रभाव
-
निर्वाचन आउन ५३ दिन बाँकी, सामाजिक सञ्जाल पनि आचारसंहिताको दायरामा
-
राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण
-
देशभर पश्चिमी वायुको आंशिक प्रभाव
-
आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर मनाइँदै
-
लायन्स कपिलवस्तुको सामाजिक पहल : विपन्न परिवारलाई चिसो मौसममा न्यानो सहयोग
-
राष्टिय एकताको सन्देश सहित ‘पृथ्वी जयन्ती’ मनाउने वेलफेयरको तयारी







प्रतिक्रिया