



अध्यादेशदेखि डरायो कांग्रेस, संसदीय दलको बैठकमै वकिलसँग परामर्श

नेपाली कांग्रेस संसदीय दलले सरकारले अध्यादेशमार्फत भर्खरै संशोधन गरेको कानुनका विषयमा कानुन व्यवसायीहरुसँग परामर्श गरेको छ । आज (आइतबार) बसेको संसदीय दलको बैठकमा तीन अधिवक्ताहरुलाई अध्यादेशमा रहेको अन्तरवस्तुको विषयमा परामर्शका लागि बोलाइएको थियो ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेका अनुसार सेमन्त दाहाल, प्रताप पौडेल र अर्का एक जना वरिष्ठ अधिवक्तालाई आजको बैठकमा बोलाइएको थियो ।
‘सेमन्त दाहाल, प्रताप पौडेल र अर्को एक जना वरिष्ठ अधिक्ता हुनुहुन्छ । उहाँहरुले अहिले आएको विधेयकहरुको अन्तरवस्तुको विषयमा उहाँहरुले प्रकाश पार्नु भएको छ । खासगरी अध्यादेश ल्याउनुपर्ने आवस्यकता किन पर्यो ? अध्यादेशका कन्टेन्टहरु के–के छन् ? र त्यो कन्टेन्टका विषयमा कुनै समस्या छन् भने ती समस्याको विषयमा पनि आज खुलेर छलफल भएको छ,’– संसदीय दलका प्रमुख सचेतक घिमिरेले भने ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही हप्ता अगाडि ४२ वटा कानुन संशोधन गनेगरी ६ वटा अध्यादेश ल्याएको थियो । अध्यादेशको विषयलाई लिएर कांग्रेसका नेताहरुले आलोचना गरिरहेका छन् । कांग्रेस संस्थापन पक्षकै नेताहरुसमेत अध्यादेशको विपक्षमा उभिएका छन् । तर, पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा र सरकारमा सहभागी मन्त्रीहरु भने अध्यादेशको बारेमा चुपचाप छ ।
प्रधानमन्त्री ओली नेतृत्वको सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेश धेरै विवादमा परेको छ । अध्यादेशबाट कानुन संशोधन गरेर प्रधानमन्त्री ओलीले आफ्नो दलका कार्यकर्ताहरुलाई बाड्न खोजेको आशंका प्रतिपक्षी दलहरुले गरिरहेका छन् ।


खबर सबै
-
हिल्बर्ट स्कुलमा १६ औँ अभिभावक दिवस,शैक्षिक प्रदर्शनी तथा सिर्जनात्मकता प्रस्तुत
-
शेयर बजार २ हजार ६ सय ४२ विन्दुमा झर्याे
-
दुर्गा प्रसाईलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
-
ठाउँठाउँमा शङ्कास्पद वस्तुकाे त्रास : रङकाे बट्टाले त्रसित बन्यो भैरहवा, कपिलवस्तुमा पनि त्यस्तै वस्तु फेला, डिफ्युज गर्दै सेना !
-
चुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मानव अधिकार आयोगको आग्रह
-
प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै
-
ठाउँठाउँमा शङ्कास्पद वस्तुकाे त्रास : रङकाे बट्टाले त्रसित बन्यो भैरहवा, कपिलवस्तुमा पनि त्यस्तै वस्तु फेला, डिफ्युज गर्दै सेना !
-
चुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मानव अधिकार आयोगको आग्रह
-
प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै
-
अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो
-
टी-२० विश्वकप : नेपालको आज अन्तिम खेल, स्कटल्याण्डसँग भिड्दै
-
भैरहवामा भेटिएको शंकास्पद भनिएको वस्तु माटो राखेको बियरको बोतल











प्रतिक्रिया