एस .क्यु .सि .लुम्बिनी हबमा मल्लको नेतृत्वमा ७ सदस्यीय समिती चयन

राधा पाण्डे : एस.क्यु. सि.लुम्बिनी हबमा २०२४ देखि २०२७ सम्मका लागि नयाँ नेतृत्व चयन भएको छ । मङगलबार युनाइटेड स्टुडेन्ट एकेडमीमा बसेको बैठकले अन्नपूर्ण विद्या मन्दिरका प्रधानाध्यापक मदन मल्ललाई लुम्बिनी हब कोर्डिनेटरमा सर्वसम्मत चयन गरेको छ ।
मल्लको नेतृत्वमा ७ सदस्यीय समिती चयन भएको छ । जस अन्तर्गत एस .क्यु. सि. मास्टर ट्रेनर तथा सचिब डम्बर बहादुर सोमै, कोषाध्यक्षमा महेश राज पन्थ रहनु भएको छ । सदस्यहरुमा नारायण पौडेल , ग्रीजेस कुमार चौधरी, विश्वास घिमिरे, रन्जित कुमार कुर्मी चयन हुनुभएको छ ।

यस्तै लुम्बिनी प्रदेश उपाध्यक्ष केशब सापकोटा, प्याब्सन कपिलबस्तुका सचिब राजु अधिकारी , बुद्ध शान्तीका प्र.अ. नारायण पौडेल, १०औं हब कन्भेन्सनका को- कोन्भेनर, सन लाइट इ. स्कुलका प्रबन्ध निर्देशक एस् .एन .त्रिपाठी, एस .क्यु .सि .मेम्बर स्कुलका सदस्यहरुको उपस्थिति रहेको हब कोर्डिनेटर मदन मल्लले जानकारी दिनुभयो ।
एस.क्यु. सि. मास्टर ट्रेनर तथा २०२४ का लुम्बिनी हब कोर्डिनेटर मिलन भण्डारिले २०२७ सम्मका लागि मदन मल्ललाई पद हस्तान्तरण गर्नुभएको हो ।

हब कोर्डिनेटर मल्लले विद्यार्थीको व्यक्तित्व विकासका लागि विद्यार्थी गुणीय चक्रले निकै प्रभाव पारेको बताउदै आफ्नो कार्यकालमा यस क्षेत्रका विद्यार्थीहरुलाइ गुणिय चक्रको माध्यमबाट सिकाइ प्रभावकारी बनाउन महत्वपूर्ण भुमिका खेल्ने स्पष्ट पार्नुभयो ।

यो संस्था विद्यार्थीलाई सर्वगुण सम्पन्न व्यक्ति बताउने उद्देश्यले स्थापना भएको हो । हाल १३० भन्दा बढी विद्यालयमा सह पाठ्यक्रमको रुपमा विद्यार्थी गुणीय चक्र संचालन तथा पठन पाठन भइरहेको छ ।

प्रतिक्रिया