बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत बुधबार ४० अर्ब बराबर तरलता खिच्न लागेको हो ।
राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्न लागेको हो । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष सुरुवातबाट नै केन्द्रीय बैंकले निरन्तर तरलता खिच्दै आएको छ ।
निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा दिएको केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत पनि तरलता खिचिरहेको छ । बुधबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ–ब्याज २३ माघमा भुक्तानी हुनेछ ।
निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । बोल गर्न सकिने रकम न्यूनतम १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।
बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

खबर सबै
-
हिल्बर्ट स्कुलमा १६ औँ अभिभावक दिवस,शैक्षिक प्रदर्शनी तथा सिर्जनात्मकता प्रस्तुत
-
शेयर बजार २ हजार ६ सय ४२ विन्दुमा झर्याे
-
दुर्गा प्रसाईलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
-
ठाउँठाउँमा शङ्कास्पद वस्तुकाे त्रास : रङकाे बट्टाले त्रसित बन्यो भैरहवा, कपिलवस्तुमा पनि त्यस्तै वस्तु फेला, डिफ्युज गर्दै सेना !
-
चुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मानव अधिकार आयोगको आग्रह
-
प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो
-
टी-२० विश्वकप : नेपालको आज अन्तिम खेल, स्कटल्याण्डसँग भिड्दै
-
भैरहवामा भेटिएको शंकास्पद भनिएको वस्तु माटो राखेको बियरको बोतल

प्रतिक्रिया