



विराटनगरलाई ‘सुपर ओभर’ मा हराउँदै पाेखराकाे दाेस्राे जीत

काठमाण्डाै : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पाेखरा एभेन्जर्सले विराटनगर किङ्ग्सलाई ‘सुपर ओभर’ मा हराउँदै दाेस्राे जीत हात पारेकाे छ । पाेखराले विराटनगरलाई १३ रनले हरायाे ।
‘सुपर ओभर’ मा पाेखराले दिएकाे १९ रनकाे लक्ष्य पछ्याएकाे विराटनगरले ५ रनमात्र बनाउन सक्याे । यसअघि विराटनगरले दिएकाे १ सय ४० रनकाे लक्ष्य पछ्याएकाे पाेखराले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रन बनाएपछि खेल ‘सुपर ओभर’ मा पुगेकाे हाे । एनपीएलमा याे पहिलाे ‘सुपर ओभर’ हाे । पाेखराका आन्द्रेस गाैसले ३९, रेमाेन रेफरले नटआउट ३४ रन बनाए । विराटनगरका प्रतिस जिसीले ४ विकेट लिए ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन बनायो । विराटनगरका स्कट इडवार्ड्सले ४५ रन बनाए । पोखराका सागर ढकाल र रेमोन रेफेरले २/२ विकेट लिए ।
याे जीतसँगै पाेखरा ५ खेलमा ४ अङ्कसहित तालिकाकाे छैटाैं स्थानमा छ । विराटनगर ५ खेलमा २ अङ्कसहित पुछारमा छ ।
एनपीएलमा आजकाे दाेस्राे खेलमा दिउँसाे १ बजे जनकपुर बाेल्ट्स र काठमाण्डाै गुर्खाज खेल्दैछन् । जनकपुर तालिकाकाे दाेस्राे र काठमाण्डाै पाँचाैं स्थानमा छन् ।


खबर सबै
-
प्रदेशकै ठूलो लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द हुँदै
-
भोलि र पर्सिदेखि पश्चिममा हल्कादेखि मध्यम वर्षाको सम्भावना
-
आज उम्मेदवारको नामावली प्रकाशन हुने, उजुरीमाथि छानविन चल्दै
-
प्रतिनिधिसभा निर्वाचन : कपिलवस्तुमा ३ सिटका लागि ९८ जना चुनावी मैदानमा, कुन क्षेत्रमा कति उमेद्धार ?
-
कोइलीचौरमा उपोक्तालाई थाकल र मकैका खोस्टाबाट सामग्री उत्पादन तालिम सुरु
-
प्रतिनिधिसभा निर्वाचनः ३ हजार ४८६ जनाको उम्मेदवारी मनोनयन
-
प्रतिनिधिसभा निर्वाचन : कपिलवस्तुमा ३ सिटका लागि ९८ जना चुनावी मैदानमा, कुन क्षेत्रमा कति उमेद्धार ?
-
कोइलीचौरमा उपोक्तालाई थाकल र मकैका खोस्टाबाट सामग्री उत्पादन तालिम सुरु
-
प्रतिनिधिसभा निर्वाचनः ३ हजार ४८६ जनाको उम्मेदवारी मनोनयन
-
एसइई चैत १९ गतेदेखि २९ सम्म
-
माधव नेपाल र रेशमसहित यी उम्मेदवारविरुद्ध आयोगमा उजुरी, मनोनयन खारेज गर्न माग
-
भारतमा टी-२० विश्वकप नखेल्ने बंगलादेशको अडानमा पाकिस्तानको समर्थन












प्रतिक्रिया