निर्मला पन्त प्रकरणमा दुष्प्रचारको आरोपमा ऋषि धमलासहित तीन जना सिआइबीको नियन्त्रणमा

काठमाडौँ : टेलिभिजन कार्यक्रममार्फत गम्भीर अपराधबारे अफवाह फैलाएको आरोपमा प्राइम टेलिभिजनका प्रमुख तथा कार्यक्रम सञ्चालक ऋषि धमलासहित तीन जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएको छ।

कञ्चनपुर महेन्द्रनगरमा बलात्कारपछि हत्या गरिएकी १३ बर्सिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रत्यक्षदर्शी भन्दै प्राइम टेलिभिजनमा गोरखाका नवराज अर्यालले आफू घटनाको प्रत्यक्षदर्शी भएको दाबी गरेका थिए। ब्युरोले अर्याललाई मङ्गलवार नियन्त्रणमा लिएर सोधपुछ गर्दै हाजिर जमानीमा छाडेको थियो।

प्रहरीले बुधवार अर्याल दम्पती र प्राइम टाइम टेलिभिजनका कार्यक्रम प्रस्तोता धमलालाई  नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको सिआइबीका सूचना अधिकारी प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।

प्रतिक्रिया