



अमेरिकी डलरमा नयाँ रेकर्ड : एक डलरको एक सय ३५ रुपैयाँ नाघ्यो


काठमाण्डौ : अमेरिकी डलरको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ ।नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको बिक्री दर एक सय ३५ रुपैयाँ १६ पैसा तोकेको छ ।
यो अहिलेसम्मकै उच्च हो । हिजो एक अमेरिकी डलरको बिक्री दर एक सय ३४ रुपैयाँ ८८ पैसा थियो । अस्ति मङ्गलवार एक सय ३४ रुपैयाँ ८९ पैसा पुगेको थियो ।
राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको खरिद मूल्य एक सय ३४ रुपैयाँ ५६ पैसा तोकेको छ । केही हप्तादेखि अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ निरन्तर कमजोर बन्दै आएको छ ।
पछिल्ला दिनमा विश्वबजारमा डलरको माग बढिरहेकाले त्यसको भाउ बढेको हो । यद्यपि हिजो अमेरिकामा भएको राष्ट्रपतिको चुनावमा रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले जितेपछि लगानीकर्ताको आकर्षण डलरमा बढेको विश्लेषण गरिएको छ ।
ट्रम्पले आफ्नो चुनावी घोषणापत्रमा अमेरिकी डलरलाई पुनः रिजर्भ करेन्सीका रूपमा विकसित गर्ने उल्लेख गर्नुभएको छ ।

खबर सबै
-
विराटनगरलाई हराउँदै फाइनलमा पुग्यो सुदूरपश्चिम
-
इन्डोनेसियाको जकार्तामा भीषण आगलागी, २२ जनाको मृत्यु
-
असम्बन्धित व्यक्तिलाई ई-सीम जारी गर्दा एक युवा स्क्यामरको ठगीमा, युवाहरुले एनसेल सेन्टरमा ताला लगाए
-
समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन
-
पाल्पा-१ मा कांग्रेसबाट सन्दीप रानाको नाम एकल सिफारिस
-
१६औँ कपिलवस्तु महोत्सव : ज्येष्ठ नगरिकलाई प्रवेश शुल्क फ्रि, मेलास्थलमा स्तनपान कक्ष
-
समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन
-
पाल्पा-१ मा कांग्रेसबाट सन्दीप रानाको नाम एकल सिफारिस
-
१६औँ कपिलवस्तु महोत्सव : ज्येष्ठ नगरिकलाई प्रवेश शुल्क फ्रि, मेलास्थलमा स्तनपान कक्ष
-
मंसिर २६ सम्म मतदाता नामावलीमा दाबी–विरोध गर्न सकिने
-
उखुको समर्थन मूल्य प्रतिक्विन्टल ३५ रूपैयाँले घट्यो
-
तोलामा १ हजारले घट्यो सुन







प्रतिक्रिया