



देशभर २८ हजारभन्दा धेरै जनामा डेंगी संक्रमण, ६ जिल्ला उच्च जोखिममा


काठमाडौँ : देशभर २८ हजारभन्दा धेरै मानिसमा डेंगीको संक्रमण फैलिएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशका २८ हजार २ सय १२ जना यसको संक्रमण देखिएको हो।
देशका ७६ जिल्लामा डेंगीको संक्रमण फैलिइसकेको छ।
सात प्रदेशमध्ये गण्डकी प्रदेश डेंगीको उच्च जोखिममा देखिएको छ। ११ जिल्ला रहेको गण्डकी प्रदेशमा १३ हजार ८ सय ९८ जनामा संक्रमण फैलिइसकेको छ।
देशभरका कूल संक्रमितमध्ये झन्डै आधा (४९.३ प्रतिशत) संक्रमित गण्डकी प्रदेशमै छन्।
गण्डकी प्रदेशको कास्की जिल्लामा मात्रै ७ हजारभन्दा धेरै संक्रमित छन्। यस जिल्लामा ७ हजार १ सय ६१ जनामा डेंगी संक्रमण देखिएको हो।
गण्डकीपछि बागमती प्रदेशमा धेरै संक्रमण देखिएको छ। बागमती प्रदेशमा ९ हजार १ सय ३२ जनामा संक्रमण फैलिएको छ।
यसैगरी कोसी प्रदेशमा १७ सय ४२, लुम्बीनीमा १४ सय ४५ र सुदूरपश्चिममा ११ सय ८९ जनामा संक्रमण देखिएको छ।
मधेस र कर्णाली प्रदेशमा सबैभन्दा कम संक्रमित छन्। मधेस प्रदेशमा ४ सय ८७ र कर्णालीमा ३ सय १९ जनामा यसको संक्रमण देखिएको छ।
धेरै संक्रमण देखिएका १० जिल्लामा कास्की, काठमाडौँ, तनहुँ, पर्वत, ललितपुर, चितवन, बागलुङ, गोरखा, भक्तपुर र कैलाली छन्।
यी दस जिल्लामध्ये कास्की, काठमाडौँ, तनहुँ, पर्वत, ललितपुर, चितवन गरी ६ जिल्ला उच्च जोखिममा छन्।

खबर सबै
-
लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि , सुदूरपश्चिम फेरि स्तब्ध
-
एनपिएल फाइनलमा सुदूरपश्चिम–लुम्बिनीको निर्णायक भिडन्त
-
१४ वर्षपछि सुआरेजसँग भारत आइपुगे मेसी, तीन दिनमा चार सहर भ्रमण गर्ने
-
‘बनगाइ–मोतिपुर–कपिलधाम’ सडक निर्माण तीव्र गतिमा, ६ महिनामै सम्पन्न गर्ने निर्माण कम्पनीको लक्ष्य
-
पाल्पामा फोर्स मिनीबस दुर्घटना: तीनको मृत्यु, आठ जना घाइते
-
मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री, आज ४ जनाको शपथ
-
‘बनगाइ–मोतिपुर–कपिलधाम’ सडक निर्माण तीव्र गतिमा, ६ महिनामै सम्पन्न गर्ने निर्माण कम्पनीको लक्ष्य
-
पाल्पामा फोर्स मिनीबस दुर्घटना: तीनको मृत्यु, आठ जना घाइते
-
मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री, आज ४ जनाको शपथ
-
एकैदिन ३५ सय रुपैयाँले बढ्यो सुनको मूल्य
-
जिल्लामै पहिचान बनेकाे कपिलवस्तु महाेत्सवकाे १६ औं राैनकता: पर्दा पछाडि पाैडेलकाे सक्रियता, बढ्दै मेलाकाे भव्यता
-
एनपीएल फाइनल भिडन्त भोलि : आम्नेसाम्ने हुँदै राष्ट्रिय टिमका कप्तान र उपकप्तान







प्रतिक्रिया