
बाणगंगामा हाइटेन्सन पोलमा करेन्ट लागेर एक युवाको मृत्यु




वाणगंग नगरपालिका अन्तर्गत वडा नम्बर ८ लौगाईस्थित १३२ केभिएको राष्ट्रिय प्रसारण लाइनको टावरमा एक जना पुरुष जलेको अवस्थामा भेटिएका थिए ।
प्रहरीका अनुसार मृतक वडा नम्बर ८ बालापुर बस्ने रामदेव थारुका ४० वर्षिय छोरा तुलसी थारु रहेका छन् । मृतक थारुले लामो समयसम्म मिस्त्री काम गर्ने गरेको स्थानीय बताउँछन् । स्थानीयका अनुसार मृतक थारुमा मानसिक समस्या पनि रहेको थाहा भएको छ ।
बिहान करिब ३ बजेको समयमा पोलबाट केहि पडकिएको आवाज सुने पछि स्थानिय हेर्ने गएको र एक जना पुरुषको शब देखे पछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी घटना स्थलमा आउदाँ करेन्टले शब जलेको अबस्थामा रहेको र विद्युत प्राविधिकरणका कर्मचारीलाई खबर गरेर बोलाए पछि प्रहरी र कर्मचारीको सहयोगमा शबलाई बाहिर निकालेको ईसाझाकुरा सँग कुरा गर्दै इलाका प्रहरी प्रमुख तेजेन्द्र के.सीले बताए ।
शबको मुजुल्का उठाएर पोष्टमाटमका लागि पिपरा अस्पताल लगेको बताइएको छ ।


खबर सबै
-
लुम्बिनीको नीति : कृषि र प्रांगारिक उत्पादनलाई उच्च प्राथमिकता, युवालाई व्यावसायिक कृषिमा जोड्ने योजना
-
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको घटनास्थलमै मृत्यु
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
माेतिपुरदेखि दिपज्याेती माेवाइल वर्ल्डकाे नयाँ यात्रा चारनम्बरबाट सुरु, यसरी भयाे ओपनिङ, एक महिना भारि अफर
-
बाणगंगा नदी दोहनविरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुको कडा वक्तव्य !
-
कपिलवस्तुमा आँप टिप्न जाँदा हाँगो भाँचिएर बालिकाको मृत्यु
प्रतिक्रिया