



कपिलवस्तु : रकम हिनामिना गरेको आरोपमा हत्या

नारद कोहार : कपिलबस्तुमा चन्दा संकलनको रकम हिनामिना गरेको आरोपमा एक समूहले आफ्नै सहकर्मीको हत्या गरेको खुलेको छ ।
नेकपा (माओवादी) का महाविर समुहमा आवद्ध कपिलबस्तुमा शंकलित चन्दा रकम हिनामिना गरी पार्टीलाई हिसावकिताव नबुझाएको आरोपमा आफ्नै सहकर्मी दिनेश भन्ने जयप्रकाश यादवको हत्या गरेको खुलेको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टका अनुसार हत्या आरोपमा नेकपा (माओवादी) महावीर समूह कपिलबस्तुको जिल्ला सेक्रेटरी ४७ वर्षिय रमेश श्रेष्ठ र समुहका कपिलवस्तु जिल्लाको महिला विभाग प्रमुख ४६ वर्षिया मनकला थारुलाई पक्राउ गरिएको बताउनुभयो ।
यादवको कपिलवस्तु जिल्लाको जिल्ला सेक्रेटरी श्रेष्ठको योजनामा हत्या गरिएको प्रहरी उपरीक्षक भट्टको भनाइ छ । यादव नेकपा (माओवादी) महावीर समूहको कपिलवस्तु ईलाका नं. १० विजयनगर गाँउपालिकाको ईलाका इन्चार्ज रहेको प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीका अनुसार मृतक यादवको शव बिजयनगर गाँउपालिका –२ खडैचा भैसीघाटस्थित चिरईखोलाको किनारामा कम्मरदेखि माथिको भाग बालुवाले पुरिएको अवस्थामा भेटिएको बताउनुभयो ।
पक्राउ परेका दुबै जनालाई कपिलबस्तु अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

खबर सबै
-
कपिलवस्तुको बाणगंगाबाट ५ जना जुवाडे र होटल सञ्चालक पक्राउ
-
सभापति देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
-
एक तोला सुनको मूल्य २ लाख ७० हजार ६०० पुग्यो
-
निर्वाचन आउन ५३ दिन बाँकी, सामाजिक सञ्जाल पनि आचारसंहिताको दायरामा
-
राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण
-
देशभर पश्चिमी वायुको आंशिक प्रभाव
-
निर्वाचन आउन ५३ दिन बाँकी, सामाजिक सञ्जाल पनि आचारसंहिताको दायरामा
-
राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण
-
देशभर पश्चिमी वायुको आंशिक प्रभाव
-
आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर मनाइँदै
-
लायन्स कपिलवस्तुको सामाजिक पहल : विपन्न परिवारलाई चिसो मौसममा न्यानो सहयोग
-
राष्टिय एकताको सन्देश सहित ‘पृथ्वी जयन्ती’ मनाउने वेलफेयरको तयारी











प्रतिक्रिया