यस्ता छन् मन्त्रिपरिषद्‌का १२ निर्णय

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले गरेका १२ निर्णय सार्वजनिक गरिएका छन्। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कात्तिक ८ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका १२ वटा निर्णय आज सार्वजनिक गरेका हुन्।

बैठकले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई हुलाक टिकट, जग्गाधनी दर्ता प्रमाण पुर्जा र भिसा स्टिकर छपाइ गर्न स्वीकृति दिनेलगायत निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए। मन्त्रिपरिषद्‌ बैठकले गरेका निर्णयहरू हतारमा सार्वजनिक नगरी कम्तीमा २४ घन्टा कटेपछि सार्वजनिक गरिँदै आएको छ।

प्रतिक्रिया