नेपालबाट बाहिरियो मनसुन

काठमाडौँ : यस वर्षको मनसुन आजदेखि पूर्णरुपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० गतेदेखि बाहिरिन सुरु गरेको मनसुन पूर्णरूपमा बहिर्गमन भएको हो ।

एक सूचना जारी गर्दै जल तथा मौसम विज्ञान विभागले बाँकी रहेका बागमती, मधेस प्रदेश र कोशी प्रदेशबाट मनसुन बाहिरिएकाे बताएसँगै देशबाटै मनसुन बाहिरिएको हो ।

यसअघि असोज २० गते सुदूरपश्चिम तथा कर्णाली र लुम्बिनीका केही भागबाट तथा असोज २२ गते कर्णली, लुम्बिनी, गण्डकी र काठमाडौँ उपत्यकाबाट पूर्ण रूपमा र बागमती र मधेस प्रदेशमाआंशिकरूपमा मनसुन बाहिरिएको थियो ।

मधेस र बागमतीका बाँकी भाग र कोशीबाट समेत मनसुन बाहिरिएको हो । यसपालि मनसुन ढिला गरी जेठ २८ मा भित्रिएको थियो भने चार दिन ढिला गरी बाहिरिन सुरु भएकामा छ दिनपछि पूर्णरूपमा बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।buletin_vQohCg8ng5

प्रतिक्रिया