



एक सयभन्दा धेरै केन्द्रमा सतर्कता तहभन्दा बढी वर्षा


काठमाण्डौ : हिजोदेखिको लगातार वर्षाले देशका सबै नदी र खोलामा बाढी आएको छ । एक सयभन्दा धेरै वर्षामापन केन्द्रमा सतर्कता तह भन्दा बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
कोशी, नारायणी, बागमती, पश्चिम राप्ती, तिनाउ, बाणगङ्गा, मेची, कन्काइ, लालबकैया लगायतका नदी र ती नदीका सहायक नदी तथा खोलामा बाढीले सतर्कता तह पार गरेको छ । अरू नदी खोलामा पनि बाढी आएकाले उच्च सावधानी अपनाउन मौसम विभागले आग्रह गरेको छ ।
विभागले बाढीको जोखिम क्षेत्रमा रहेका बासिन्दालाई सुरक्षित ठाउँमा जान र सतर्क भएर बस्न आग्रह गरेको छ । त्यस्तै अनावश्यक यात्रा नगर्न, होचो भू–भागमा भए सुरक्षित र उचाइमा रहेको ठाउँमा जान तथा बाढीका सूचनाबारे अपडेट रहन विभागले आग्रह गरेको छ ।

खबर सबै
-
मंसिरमा महोत्सवमय बन्दै कपिलवस्तु
-
बाणगंगा–१ को नवनिर्मित नयाँ प्रशासनिक वडा कार्यालय भवन उद्घाटन
-
१६ औं कपिलवस्तु महोत्सवमा यसपटक टिकटक भिडियो प्रतियोगिताः सिर्जनशीलता र सकारात्मक प्रचारलाई प्रोत्साहन गरिने
-
महिला एकता समाजकाे ७औं अधिवेशन सम्पन्न
-
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने
-
लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि
-
महिला एकता समाजकाे ७औं अधिवेशन सम्पन्न
-
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने
-
लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि
-
ईपीएस भाषा परीक्षा आजदेखि, पहिलो प्राथमिकता उत्पादन क्षेत्र
-
प्यूठानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ जना घाइते, तीन जनाको अवस्था गम्भीर
-
नयाँ राजनीतिक दल दर्ताको लागि समय थपियो, मंसिर ६ सम्म निवेदन दिन सकिने







प्रतिक्रिया