त्रिशूलीले तिन टिपर र दुई स्काभेटर बगायो

काठमाडौं : त्रिशूली नदीले टिपर र दुईवटा स्काभेटर बगाएको छ । अविरल वर्षाका कारण बढेको नदीको बहाबले शुक्रबार राति १० बजेतिर टिपर र स्काभेटरलाई बगाएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसअघि, शुक्रबार साँझ ७:१५ बजेतिर त्रिशूलीले दुईवटा टिपर बगाएको थियो । फेरि राति १०:१० बजेतिर नदीले थप एउटा टिपर र दुईवटा स्काभेटर बगाएको हो ।

नदीले चितवनको इच्छाकामना गाउँपालिका–३ र गोरखाको गण्डकी गाउँपालिका–१ को सिमानामा निर्माणाधीन सुपर त्रिशूली हाइड्रोपावरको निर्माणमा प्रयोग भइरहेका टिपर र स्काभेटर बगाएको हो ।

प्रतिक्रिया