बाणगंगा खोलामा डुबेर १ जनाको ज्यान गयो

कपिलवस्तु, : कपिलवस्तुको बाणगंगा खोलामा आज दिउँसो एक व्यक्ति डुबेर ज्यान गुमाएका छन्। मृतक बाणगंगा ६ खुटेनी निवासी रामु भन्ने यज्ञ प्रसाद खनाल (उमेर लगभग ३५ वर्ष) हुन्।

दुर्घटना बनगाई कोपवा जोड्ने भत्केको कजवे नजिक भएको हो। खनाल, आफ्नो भैसीलाई नुहाउने क्रममा खोलामा डुबेर ज्यान गुमाए। स्थानीयवासी र प्रहरीका अनुसार, भैसीलाई आहालमा नुहाउँदै गर्दा खनालको खुट्टा फिस्लेर गहिरो पानीमा डुबेका थिए। इलाका प्रहरी कार्यालय कोपवाले घटनास्थलमा पुगेको र घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो घटनाले स्थानीयमा ठूलो सनसनी मच्चाएको छ, विशेषगरी खोलामा आएको बाढी र कमजोर संरचनाका कारण धेरैले ज्यान गुमाउनुपरेको गुनासो गर्दै आएका छन्।

प्रतिक्रिया