नेपाली आकाशमा अन्तिम उडान: बुद्ध एयरको एटीआर विमानले ‘लाइफ साइकल’ पूरा

काठमाडौं : नेपाली आकाशमा १६ वर्षसम्म गर्जिएको बुद्ध एयरको एटीआर–४२ विमानले सोमबारदेखि सदाका लागि व्यावसायिक उडानबाट विदा लिएको छ। ४७ सिट क्षमताको ‘नाइन नोभेम्बर–अल्फा इन्डिया नोभेम्बर’ रजिस्ट्रेसन भएको यो विमानले २००८ देखि आन्तरिक गन्तव्यहरूमा निरन्तर उडान भरिरहेको थियो।

बुद्ध एयरले नेपालमा सबैभन्दा बढी एटीआर विमान उडाउने एयरलाइन्सको रूपमा चिनिएको छ, जसले ४७ सिटका तीन र ७० सिट क्षमताका १५ एटीआर विमान चलाएको छ। ३०,००० उडान साइकल विदेशमा पूरा गरेको यो विमान नेपालमा ल्याएर यहाँका आन्तरिक उडानहरूमा सेवा दिइरहेको थियो। उडानमा एउटा टेकअफ र एउटा ल्यान्डिङलाई एक साइकल मानिन्छ । यो विमानको अझै १७ वटा साइकल बाँकी छ । बिमानको ७० हजार साइकल क्षमता मानिने गरेको छ ।

बुद्ध एयरका अनुसार कुनै पनि टर्बोप्रप एटीआर विमानले ७०,००० उडान साइकल पूरा गरेपछि त्यसलाई अब व्यावसायिक उडानमा प्रयोग गर्न पाइँदैन। मंगलबार हुने अन्तिम उडानमा एटीआरको सिंगापुरस्थित क्षेत्रीय कार्यालयबाट आएका दुई जना प्रतिनिधि, बुद्ध एयरलाई ऋण सहायतामा सघाउने केही बैंकरसहित १६/१७ जना यात्रु राखेर माउन्टेन फ्लाइट हुनेछ,’ विमानस्थलस्थित बुद्धको कार्यालयले भन्यो, ‘त्यो उडान काठमाडौं विमानस्थलमा अवतरण गरेर सिधै बुद्धको ह्यांगरमा जानेछ । जहाजलाई सम्मानस्वरूप पानीको फोहोराले सलामी दिइनेछ ।’ त्यसपछि यो विमानको दर्ता खारेजी हुनेछ । यसमा प्रयोग भएका काम लाग्ने उपकरण झिकेर खोक्रो ढाँचा नागरिक उड्डयन प्राधिकरणलाई अभ्यासका लागि दिइने बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले बताए ।

यो ऐतिहासिक विदाइपछि विमानको प्रयोग योग्य उपकरणहरू निकालिने र यसको ढाँचा नागरिक उड्डयन प्राधिकरणलाई अभ्यासका लागि दिइनेछ। विमानस्थलस्थित बुद्धको कार्यालयले भन्यो, ‘त्यो उडान काठमाडौं विमानस्थलमा अवतरण गरेर सिधै बुद्धको ह्यांगरमा जानेछ । जहाजलाई सम्मानस्वरूप पानीको फोहोराले सलामी दिइनेछ ।’ त्यसपछि यो विमानको दर्ता खारेजी हुनेछ ।

नेपाल वायुसेवा निगमका पूर्व क्याप्टेन वाईके भट्टराईले भने, “नेपालको उड्डयन इतिहासमा पहिलो पटक कुनै जहाजले आफ्नो ‘लाइफ साइकल’ पूरा गरेर विदाइ हुन लागेको यो विशेष घटना हो।”

नेपालमा हालसम्म करिब ३ सय हाराहारी जहाज विभिन्न वायुसेवा कम्पनीले ल्याएको प्राधिकरणको सेफ्टी विभागको निर्देशकबाट अवकाशप्राप्त उड्डयनविज्ञ भेषराज सुवेदी बताउँछन् । तिनमा झन्डै ७० वटा दुर्घटनामा परे, कतिपय कम्पनी बन्द भएका कारण थन्काइए, कति विदेशीलाई बिक्री गरिए ।

‘कम्पनीको नियमअनुसार एउटा जहाजले पूरा साइकल गरेर बिदाइ गरेको सम्भवतः नेपालमै पहिलो घटना होला,’ सुवेदीले भने, ‘अमेरिकालगायत देशमा त सुनिरहिन्छ । तर नेपालको एउटा निजी वायुसेवाले यसरी जहाजलाई सुरक्षित उडान गर्दै बिदाइ गर्नु एउटा सेलिब्रेसन हो ।’

प्रतिक्रिया