
धेरैले रिपोर्ट गरेपछि फेसबुकले हटायो बालेनको पोस्ट



काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को पोस्ट फेसबुकले हटाएको छ । नेकपा एमालेका तर्फबाट लुम्बिनी प्रदेश सांसद रहेकी रेखा शर्माले बाल शोषण गरेको आरोप लगाउँदै बालेनले फेसबुकमा राखेको स्ट्याटस हटेको हो ।
बालेनको सचिवालयका अनुसार उक्त फेसबुक पोस्टमा अत्यधिक रिपोर्ट आएपछि पोस्ट नै हटेको छ । “धेरैले (सांसद शर्माको) फोटो प्रयोग गरेको भनेर रिपोर्ट गरेपछि फेसबुकले पोस्ट हटाएको जस्तो देखिन्छ,” सचिवालय स्रोतले भन्यो, “अहिले हामी पोस्ट रिकभर गर्ने प्रयासरत छौं ।” यसअघि पनि फेसबुकले बालेनका केही पोस्ट हटाइदिएको थियो ।
बालेनले आइतवार इन्स्टाग्राम र एक्समा राखेको सोही पोस्ट भने हटेको छैन । पछिल्लो समय फेसबुकले अरूको फोटो प्रयोग भएका पोस्टहरू हटाइदिने गरेको सामाजिक सञ्जाल अनुसन्धानकर्ता सौगात पोखरेलले बताए । “फेसबुकले अहिले कपिराइट इस्युलाई बढी प्राथमिकता दिइरहेको छ,” उनले भने, “फोटोमा कपिराइटको रिपोर्ट गर्दा फेसबुकले तत्कालै एक्सन लिने गर्छ ।”
यसअघि पनि फेसबुकले बालेनका केही पोस्ट हटाइदिएको थियो ।


खबर सबै
-
लुम्बिनीको नीति : कृषि र प्रांगारिक उत्पादनलाई उच्च प्राथमिकता, युवालाई व्यावसायिक कृषिमा जोड्ने योजना
-
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको घटनास्थलमै मृत्यु
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
माेतिपुरदेखि दिपज्याेती माेवाइल वर्ल्डकाे नयाँ यात्रा चारनम्बरबाट सुरु, यसरी भयाे ओपनिङ, एक महिना भारि अफर
-
बाणगंगा नदी दोहनविरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुको कडा वक्तव्य !
-
कपिलवस्तुमा आँप टिप्न जाँदा हाँगो भाँचिएर बालिकाको मृत्यु
प्रतिक्रिया