पेट्रोलियम पदार्थमा हरित कर

काठमाण्डाै : सरकारले भन्सार महसुल दर तोक्ने र हेरफेर गर्ने विषय समावेश गरी छुट्टै नयाँ भन्सार महसुल विधेयक पेश गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसदमा आज आर्थिक विधेयकसँगै भन्सार विधेयक पनि पेस गर्नुभएको हो ।  भन्सार विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले कार्बन उत्सर्जन घटाउने प्रतिबद्धताअनुसार पेट्रोलियम पदार्थ र कोइलाको आयातमा हरित कर लगाइने जानकारी दिनुभयो । सरकारले पहिलो पटक हरित कर लगाउने तयारी गरेको हो । यसबाट पेट्रोलियम पदार्थ र कोइलाको भाउ बढ्नेछ ।

प्रतिक्रिया