
रेमल आँधीका कारण अहिलेसम्म १६ जनाको ज्यान गयो




एजेन्सी : भारत र दक्षिणी बङ्गदेलाशको तटीय क्षेत्रमा आएको रेमल नामको आँधीका कारण अहिलेसम्म १६ जनाको ज्यान गएको छ । आँधीका कारण धेरै भौतिक संरचनामा क्षति पुगेको छ । कयौँ घर ध्वस्त भएका र रुखहरु ढलेका छन् । विद्युत लाइनमा क्षति पनि पुगेको बीबीसीले जनाएको छ ।
यो बीचमा केही डुबेर, केहीको करेन्ट लागेर र केहीको भत्किएका घरमुनि पुरिएर ज्यान गुमाएको हो । बङ्गदेलादेशको मोङ्ला बन्दरगाह र भारतको पश्चिम बङ्गालको सागर टापु आसपासका क्षेत्रमा एक सय १० किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको हावाहुरी, मुसलधारे वर्षा र ज्वारभाटाका कारण तल्लो तटीय क्षेत्र जलमग्न भएको थियो ।
अस्ति आइतवार बेलुकादेखि सक्रिय आँधीका कारण झण्डै १० लाख मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । स्थानीय अधिकारीहरुकाअनुसार ३६ लाख बालबालिकासहित झण्डै ८४ लाख मानिस चक्रवातबाट प्रभावित भएका छन् । आइतवार आएको आँधी हिजो सोमवारदेखि भने केही कमजोर भएको भारतको मौसम विभागले जनाएको छ ।


खबर सबै
-
लुम्बिनीको नीति : कृषि र प्रांगारिक उत्पादनलाई उच्च प्राथमिकता, युवालाई व्यावसायिक कृषिमा जोड्ने योजना
-
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको घटनास्थलमै मृत्यु
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
माेतिपुरदेखि दिपज्याेती माेवाइल वर्ल्डकाे नयाँ यात्रा चारनम्बरबाट सुरु, यसरी भयाे ओपनिङ, एक महिना भारि अफर
-
बाणगंगा नदी दोहनविरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुको कडा वक्तव्य !
-
कपिलवस्तुमा आँप टिप्न जाँदा हाँगो भाँचिएर बालिकाको मृत्यु
प्रतिक्रिया