शिवराजमा आरन ब्यवसायीहरुलाई सामग्री बितरण


दुर्गा प्रसाद काफ्ले, कपिलवस्तु | कपिलवस्तुको शिवराजनगरपालिकाले नगर स्तरीय १९ जना आरन व्यावसायि हरुलाइ सम्मान सहित आवश्यक सामग्री बितरण गरेको नगरपालिका ले जनाएको छ |


दलित बिकास मन्चको समन्वय र नगरपालिकाको सहयोगमा १९ जना लाई ती सामाग्री वितरण गरिएको हो ।
कार्यक्रम लाई सम्बोधन गर्दै नगर प्रमुख अजय थापाले पू्र्खाहरुले गर्दै आएको पेसा लाई संरक्षण र सम्बर्द्धन गर्न आग्रह गर्नु भयो । पालिकाले दिएको सामग्री लाई संरक्षण गरि प्रयोगमा ल्याइ जिबिको पार्जन गर्न सुझाव दिनुभयो । ब्यावसायीहरु एक भइ आरन सम्बन्धि आवश्यक सामग्री को छिटो माग गर्नु समेत सबैलाइ आग्रह गर्नु भयो ! यस्तै प्रमुख प्रकाशकीय अधिकृत बाबुराम पौडेल ले सभा लाई सम्बोधन गर्दै पालिकाले अहिले ब्यावसायिलाइ उपहार स्वरुपमा समान बितरण गरिएकोले आगामी आ/ व मा अझ थप योजना ल्याउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

यस्तै कर्यक्रमलाई सम्बोधन गर्दै शिवराज नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्बासेले लोप हुँदै गएको आरन पेशालाइ संरक्षण गर्नका लागि पालिकाले गरेको कार्य उत्कृष्ट रहेको बताउनु भयो । यता आरन संगै सम्मान पाउँदा ब्यासायी उत्साहित भएका थिए ।

दलित सामाजिक बिकास मंच का अध्यक्ष पुर्ण बहादुर सुनार को अध्यक्षता, शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाको प्रमुख आतिथ्यता, प्रशासकीय अधिकृत बाबुराम पौडेलको बिशिस्ट आतिथ्यता, वडा नम्बर ५ का वडा अध्यक्ष नेत्र बेल्बासे लगाएतको आथित्यता रहेको कार्यक्रम यम बहादुर सुनारको स्वागत रहेकाे थियाे ।

कार्यक्रममा कार्यपालिका सदस्य प्रेम सुनारले आफू नगर पालिकामा मनोनयन भए देखिनै परम्परागत रुपमा लोप हुन लागेको आरन ब्यवसाइहरु निकै चपेटामा परी भोलिका दिनमा हार्म्रा सन्तति हरुले आरन शब्द किताबमा मात्र पढ्न पाउने भएकाले आफू प्रतेत गाउँ – गाउँ टोल – टोल मा गएर आरन को काम गर्ने सम्पुर्ण साथीहरू संघ बसि छलफल गरि आरन ब्यवस्थापन र सम्बर्द्धन गरि नगर स्तरीय आरन ब्यवस्थापन समिति गठन गरि ( दलित बिकास मंच ) नाम ले परिचित गराइ निज हरुलाइ आधुनिक तरिका बाट ब्यवसाय गर्न का लागी आफै अग्रसर भइ पालिका बाट सहयोग दिलाएको बताउनु भयो। यस्तै आगामी वर्षमा पनि थाप सहयोग दिलाउ आफू पछि न हट्ने जिकिर गर्नु भयो| कार्यक्रम सुवास दमैको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया