नीति तथा कार्यक्रम : ५ लाख भूमिहीनलाई जग्गा उपलब्ध गराइने

राष्ट्रपति रामचन्द्र पौडेल, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल मङ्गलबार सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बसेको सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा । तस्बिर : रत्न श्रेष्ठ: रासस


राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आउँदाे आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा पाँच लाख भूमिहीनलाई आवास सुनिश्चित गर्नेगरी सरकारले काम गर्ने उल्लेख छ ।

राष्ट्रपति पाैडेलले सरकारले घोषणा गर्दै आएको भू–उपयोगसम्बन्धी नीति बनाउने, तीनै तहका सरकारबीच सहकार्य बढाउँदै भूमिबाट अधिकतम लाभ लिने गरी काम गर्ने बताउनु भयो । तीन लाख हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउनेदेखि राष्ट्रिय गौरवका सिँचाइ परियोजना निर्माणमा जोड दिइने उल्लेख छ ।

सरकारले मालपोत र नापीसम्बन्धी आधारभूत सेवा पालिकाबाटै एकीकृत रूपमा अनलाइनमार्फत प्राप्त हुने व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा भनिएकाे छ । यस्तै घरजग्गा कारोबारलाई व्यवस्थित गर्न तथा मूल्याङ्कन प्रणालीलाई वैज्ञानिक बनाउन कानुनी तथा संरचनागत सुधार गरिने उल्लेख छ ।

प्रतिक्रिया