

अमेरिकी डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न



काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आज आउँदै छ ।
नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो ।
दूतावासले आज राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर मा गई नतिजा हेर्न सक्ने जनाएको छ ।
दूतावासका अनुसार यो नै डिभीको नतिजा थाहा पाउने एक मात्र तरिका भएको जानकारी दिएको छ ।
डाइभर्सिटी भिसा २०२५ को छनोट समय लगभग आइसकेको छ। वैशाख २२ २०८१ रातिको ९ बजे बाट, तपाईंले आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC/ मा गई EDV नतिजा हेर्न सक्नु हुने छ। याद राख्नुहोस् EDV नतिजा थाहा पाउने यो एक मात्र तरिका हो।


प्रतिक्रिया