शुद्धोदन मा.विले मनायो ४९ औँ वार्षिक उत्सव

नवराज बेल्वासे : कपिलवस्तुको वाणगंगा ९ मा रहेको शुद्धोदन जन जिवन माध्यमिक विद्यालयले आफ्नो ४९ औँ वार्षिक उत्सव, शैक्षिक सत्र २०८० को पुरस्कार, छात्रवृत्ति वितरण तथा अभिभावक भेला भव्य रुपमा मनाएको छ । आज विद्यालयमा आयोजित उक्त कार्यक्रममा पुर्व शिक्षकहरुलाई सम्मान कार्यक्रम समेत सम्पन्न गरेको छ ।


वाणगंगा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष कमल पौडेलको प्रमुख आथितियता, वाणगंगा नगर युवा, खेलकुद तथा शिक्षा शाखा प्रमुख खिम बहादुर जि.सी, पुर्व वडाध्यक्ष धुव्र बेल्वासे, वैज्ञानिक वन व्यवस्थापन लुम्बिनी प्रदेश अध्यक्ष दिपक थापाको विशिष्ट आथितियता रहेको कार्यक्रममा, विद्यालय व्वस्थापन समिति सदस्यहरु, शिक्षक अभिभावक समितिका अध्यक्ष गोपाल बेल्वासे, वडासदस्य, राम आधारभुत विद्यालयका प्रधानध्यापक ओमलाल गिरी, वडा नम्बर ९ भित्र रहेका सामुदायिक विद्यालयका प्र.अ, सामुदायिक वनका अध्यक्षहरु, विभिन्न संघ संस्थाका प्रमुख, बुद्धिजिवि लगायतका आथितियता रहेको थियो ।

आयोजित कार्यक्रममा शैक्षिक शत्र २०८० भित्र भएका अतिरिक्त क्रियाकलापहरुको पुरस्कार तथा मेडल वितरण गरिएको थियो भने विद्यालयमा स्थापनमा गरिएको स्व. क्याप्टन गिरमान सिहं थापा स्मिृत अध्यकोष स्वरुप विद्यालयमा अध्ययन गर्ने विद्याथीहरुलाई जनाही ५ हजारका दरले २० जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको थियो भने शैक्षिक शत्र २०८० मा सम्पन्न परिक्षाहरुको पुरस्कार समेत वितरण गरिएको थियो ।


आयोजित कार्यक्रममा खेलकुद तथा शिक्षा शाखा प्रमुख खिम बहादुर जि.सी, सामुदायिक बनको प्रतिनिधित्व गर्दै दिपक थापा, सामुदायिक विद्यालयको प्रतिनिधित्व गर्दै राम आधारभुत विद्यालयका प्र.अ ओमलाल गिरी, व्यवस्थापन समितिका सदस्य भुवनेश्वर पौडेल, सामुदायिक विद्यालय महासंघ वाणगंगा नगर अध्यक्ष लाल बहादुर खड्का, पुर्व वडाध्यक्ष धुव्र बेल्वासे, समाजसेवी धुव्र रायमाझी लगायतले आफ्नो धारण व्यक्त गर्नु भएको थियो ।


यस्तै विद्यालय व्यवस्थापन समिति पुर्व अध्यक्ष हरीराज घिमिरेले विद्यालय यहाँ सम्म आउदाँ यहाँको समुदायले उल्लेखनिय भुमिका खेलेको कुरा बताउनु भएको थियो ।

प्रमुख अथितिको आसनग्रहणबाट बोल्दै वडाध्यक्ष कमल पौडेलेले अब विद्यालय सुधार गर्नु पर्ने सुझाव दिदै पहिलेको तुलानामा विद्यालय सकारत्मक बाटो तर्फ बढेको कुरा व्यक्त गदैर्ए विद्यालयमा राजनिति गर्ने नपाइने गरे कारबाही गर्ने कुरा बताउनु भएको थियो ।

कार्यक्रममा विद्यालयको प्रधानध्यापक अनिता कडेंलको प्रगति प्रतिवेदन, लेखा शाखा प्रमुख एक नारायण पौडेलेको आर्थिक प्रतिवेदन प्रस्तुत गरीएको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष ठमन सिहं थापाको अध्यक्षता, शिक्षक मनोज कुमार खत्रीको स्वागत मन्तव्य तथा शिक्षक रामप्यारी पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया