उद्योग व्यापार संघ कपिलवस्तुद्धारा भित्ते पात्रो विमोचन

साझाकुरा,कपिलवस्तु । उद्योगी व्यवसायीहरुको संस्था उद्योग व्यापार संघ कपिलवस्तुले २०८१ सालको भित्ते पात्रो विमोचन गरेको छ भने नयाँ वर्षको शुभकामना पनि आदानप्रदान गरेको छ । बुधबार आयोजित एक कार्यक्रमका बिच संघले भित्ते पात्रो विमोचन गरेको हो ।

कार्यक्रममा उद्योग व्यापार माहासंघका केन्द्रीय महासचिव खेमनारायण पराजुलिको प्रमुख आतिथ्यता रहेको थियो भने लुम्बिनी प्रदेश योजना आयोगका सदस्य सरोज खनाल ,प्रहरी उपरीक्षक नवरत्न पौडेल,एभेष्ट चेम्बर अफ कमर्स एन्ड इन्ड्रष्टृज भारतका उपमहासचिव एल पि पाण्डेको बिशिस्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधि, पत्रकार , सस्थाका प्रदेश समिती सदस्यहरु ,सल्लाहकार ,बोर्डका पदाधिकारी सदस्यहरुको उपस्थितमा एक समारोहका बिच २०८१ सालको भित्तेपात्रो बिमोचन तथा शुभकामना आदान( प्रदान कार्यक्रम पिस हिमालय रिसोर्टमा सम्पन्न भएको भित्तेपात्रो प्रकाशन समितिका संयोजक माधव भाट क्षेत्रीले बताए ।

उक्त भित्तेपात्रो प्रकाशन समितिका संयोजक क्षेत्रीका अनुसार उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल कोपिल, लगायत बोर्डका सदस्य तथा पदाधिकारीहरुले महत्वपूर्ण सहयोग गरेको बताए । उनले यो कार्यक्रममा सहयोग गर्ने सबै निकाय तथा संघ संस्था र व्यक्तिहरुलाई धन्वयवाद पनि दिएका छन् ।

प्रतिक्रिया