१४ औँ कपिलवस्तु महोत्सव मंगलबार चर्चित गायिका शान्तिश्री, रचनासँगै यी कलाकारहरुले तताउँदै छन् बुद्ध रंगशाला

ईसाझाकुरा : बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा मंसिर २१ गतदेखि सुरु भएको १४ औं कपिलवस्तु महोत्सव एवम् कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीले बाणगंगाको बुद्धरंगशाला झनपछि झन तातिदै गएको छ ।

आगामी पुष १ गतेसम्म सञ्चालन हुने महोत्सवको छैठौं दिन २६ गते मंगलबार  चर्चित गायिका शान्तिश्री परियार, रचना रिमाल, अलिफ खान, नारायण विपी परियार लगायत स्थानीय कलाकारहरु र १२ औं कपिलवस्तु डान्स आइडलको बेजोड प्रस्तुती रहने महोत्सवका संयोजक राजकुमार खाँणले जानकारी दिए । kapilvastu mahotshwa.jpg

सोमबार पाँचौ दिन  चर्चित गायक खेम सेञ्चुरी, बालचन्द्र बराल, कोपिला न्यौपाने लगायतका कलाकारहरुको र १२ औं कपिलवस्तु डान्स आइडल प्रतियोगीहरुको बेजोड प्रस्तुती रहेको थियो ।

यसैबीच १४ औँ कपिलवस्तु महोत्सवको पाँचौ दिन अर्थात सोमबार ४ हजार बढी दर्शकहरुले महोत्सवको अवलोकन गरेको महोत्सवका निर्देशक बुद्धि बहादुर रोकाहा दिनेशले जानकारी दिए ।   रोकाहाले महोत्सवमा १० लाख बढीको आर्थिक कारोबार भएको जानकारी दिए । रोकाहाले महोत्सवमा दर्शकहरुको न्यानो माया र साथ पाएको बताए । dance ideal.JPG

यस्तै सोमबार १२ औं कपिलवस्तु डान्स आईडलमा २ जना बाहिरिएका छन् । ११ जना प्रतिस्पर्धी मध्ये संझना बिक र सन्ध्या खनाल बाहिरिएको डान्स आईडल संयोजक खड्क बहादुर क्षेत्रीले जानकारी दिए । सोमबारसम्म डान्स आइडलमा टप १३ मा परेका प्रतिष्पर्धी मध्ये ४ जना बाहिरी सकेका छन् ।dance ideal 2.JPG

१२ औं कपिलवस्तु डान्स आइडलको उपाधि हात पार्नेले १ लाख २१ हजार १ सय २१ रुपैयाँसहित चाँदीको टोपी, द्वितीय हुनेलाई ७७ हजार ७ सय ७७, तृतीयलाई ५५ हजार ५ सय ५५ रुपैयाँ सान्तवनालाई समेत पुरस्कारको व्यवस्था गरिएको क्षेत्रीले बताए ।

डान्स आइडलको प्रमुख निर्णायक हरिशरण रिजालले १२ औं कपिलवस्तु डान्स आइडल सुनौलो अवसर भएको र राम्रो कलाकार, र राम्रो डान्सर बन्ने अवसर कपिलवस्तुमै आएको बताए । रिजालले डान्स आइडलबाट कलाकारिता क्षेत्रको नयाँ बाटो खुल्ने र प्रतिसपर्धीलाई म्युजिक भिडियोदेखि लिएर राष्ट्रिय तहमा समेत स्थान दिने प्रतिबद्धता गरे ।

१४ औं कफिलवस्तु महोत्सवका आकर्षकहरु 

१२ औैं कपिलवस्तु डान्स आइडल, चर्चित अन्तर्राष्ट्रिय खेलाडीको रेसलिङ प्रतियोगिता, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती, स्थानीय कृषि उत्पादन, घरेलु तथा साना उद्योगको प्रदर्शनी, मुक्तिनाथ मन्दिरको गेट र भिडियो जोन, वक्तृत्वकला प्रतियोगिता, आइटी तथा अटो क्षेत्रको प्रदर्शनी, बाल उद्यान, लुम्बिनीमा रहेको शान्ति दीप, विभिन्न झाँकी प्रदर्शनी तथा अन्य आकर्षकहरु महोत्सवका प्रमुख आकर्षकहरु हुन ।

यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थल संरक्षण तथा प्रवद्र्धन गर्न कपिलस्तु महोत्सवले र कला संस्कृति प्रवद्र्धनमा कपिलवस्तु डान्स आइडलले विशेष योगदान गर्दै आएको छ । बाणगंगा वेयलफेर सोसाइटी बाणगंगाको चर्चित र पुरानो सामाजिक कार्यमा क्रियाशील क्लबको रुपमा आफ्नो छुट्टै छवि बनाउन सफल भएको छ ।

प्रतिक्रिया