कपिलवस्तु महोत्सवको तेस्रो दिन : खाँणले दर्शक नचाउने, रेस्लिङ पनि हुने

बुद्धरंगशाला : बाणगंगा वयलफेयर सोसाइटीको आयोजनामा बिहीबारबाट सुरु भएको १४ औ कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीको दोस्रो दिन शुक्रबार ४ हजार बढी दर्शकले महोत्सवको अवलोकन गरेको महोत्सवका निर्देशक बुद्धिबहादुर रोकाहा (दिनेश)ले जानकारी दिए ।resling 1.jpg

महोत्सवको दोस्रो दिन कपिलवस्तुमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको रेसलिङ्ग प्रतियोगिताका तीन वटा खेल भएका थिए । आज शनिबार पनि रेसलिङ्गका तीनवटा खेल हुनेछन् । कर्भडहलमा रेसलिङले दर्शकहरुको विशेष ध्यान खिच्न सफल भएको थियो । दर्शकहरुले विशेष चासोका साथ कपिलवस्तु जिल्लामा पहिलो पटक प्रत्यक्ष रेस्लिङ हेरेका थिए । थिए ।रेस्लिङमा नेपाल र भारतका प्रतियोगीहरुबीच प्रतिष्पर्धा भएको थियो । आज पनि चर्चित रेस्लरहरुबीचको प्रतिष्पर्धा हुने छ reslign 3.jpg

resling 2.jpg

देशको आर्थिक अवस्थालाई मध्यनजर गर्दै यस वर्ष १०-१० रुपैँया घटाएर विद्यार्थीहरुको लागि ४० र अन्य सर्वसाधारणहरुको लागि ६० रुपैँया तोकिएको  ७० वर्ष पुगेका जेष्ठ नागरिकहरुको सम्मानका लागि र अपाङ्गता भएकाहरुलाई सहुलियतका लागि निःशुल्क प्रवेश दिइएको महोत्सवका संयोजक राजकुमार खाँणले जानकारी दिए । खाँणले महोत्सव अवलोकन गरी सुझाव सल्लाह दिन समेत कपिलवस्तु वासी र छिमेकी जिल्लावासीलाई आग्रह गरे ।

२३ गते शनिबारका आकर्षकहरु

शनिबार महोत्सवमा अन्तर्राष्ट्रिय रेसलिङ्ग प्रतियोगिता गायक रामजी खाँण, अस्मिता डल्लकोटी, अनु चौधरी, अफसर अलीसँगै स्थानीय कलाकारहरु १२ औ कपिलवस्तु डान्स आइडलको बेजोड प्रस्तुती रहने छ ।
महोत्सवको आकर्षको रुपमा रहेको मुक्तिनाथ मन्दिरको गेट, लुम्बिनी स्थित शान्ति दीप, मायादेवी मन्दिर लगायतले दर्शको ध्यान तान्न सफल भएका छन् ।  महोत्सवमा करिब ५ करोड कारोबार हुने र ढाइ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकले अपेक्षा गरेका छन् ।

प्रतिक्रिया