बिश्वकर्मा समाज कपिलवस्तुको भेला सम्पन्न

रामबहादुर गन्धर्व, कोपवा । अरूका लागि जुट्यौं पटकपटक, आफ्नो लागि जुटौ एक पटक, सम्पुर्ण बिश्वकर्मा बन्धुहरू एकजुट हौँ भन्ने नाराका साथ एकीकृत नेपाल राष्ट्रिय बिश्वकर्मा समाज कपिलवस्तुको प्रथम भेला बुद्वभुमि नगरपालिका वडा न.२ गोरूसिङ्गे भिमसेन मन्दिरको प्रङ्गणमा एक कार्यक्रमका बिच सम्पन्न भएको छ।

शनिबार आयोजित भेलालाई सम्बोधन गर्दै नेपाली सैनिक संगठनका जिल्ला सभापति धर्मध्वज कुँवरले समाजमा रहेको बिद्यमान छुवाछूत ,विभेद अन्तयका लागि आफुबाटै परिवर्तन शुरू गर्ने प्रतिबद्धताका साथ अगामी फागुन दोस्रो सातादेखि श्रीमद्भागवतको आयोजना गरि सो कार्यक्रममा बिश्वकर्मा समाजका पण्डित ,कर्ता राख्ने घोषणा गर्नुका साथै सो कार्यक्रममा बिभेदजन्य ब्यवहार देखाएमा आफ्नै नेतृत्वमा कानुन अनुसार दण्ड जरिवाना गर्ने चेतावनी दिदै उक्त कार्यक्रममा सबैलाई सहभागी हुन आग्रह समेत गरे ।

यसै बिच भेलाले रणबहादुर सुनारको अध्यक्षता रहने गरि १३ सदस्यीय जिल्ला कार्य समिति समेत गठन गरेको छ। जसको उपाध्यक्षमा मञ्जु सुनार–रन्जित सुनार ,सचिवमा प्रविण बि.क.,कोषाध्यक्षमा टेकबहादुर बि.क.रहेका छन् । यस्तै सदस्यहरूमा सुकमाया सुनार ,रेशम बि.क. ,बबिता सुनार ,धनबहादुर सुनार,नरबहादुर सुनार,चन्द्रमान कनेल,सुमित्रा सुनार र जुना केसरी सुनार रहेका छन् ।

नवगठित पदाधिकारीहरूलाई सफलताको शुभकामना दिदै समाजका केन्द्रीय अध्यक्ष गोपालप्रसाद बिश्वकर्माले आ पसी एकता र पास्परिक सहयोग बिना कुनै पनि समस्या समाधान नहुने भन्दै विभेद र अन्यायलाई परास्त गर्न एकतामा शक्ति प्राप्त हुने हुँदा सम्पूर्ण बिश्वकर्माहरूलाई एकजुट हुनुपर्नेमा जोड दिदै जातीय विभेद बिरूद्व संविधानले प्रत्याभुत गरेका मौलिक अधिकार प्रचलनको लागि संगठित रूपमा दबाव सृजना गर्दै राज्यका सबै निकायमा समानुपातिक सहभागीता तथा सामाजिक न्यायपूर्ण समाज निर्माणमा क्रियाशील रहन, आम बिश्वकर्मा बन्धुहरूमा रहेको कला, सीप शिक्षा र क्षमताको राज्यबाट उचित मूल्यङ्कन प्रोत्साहनको बाताबरण सृजना राज्यलाई दवाव सृजा गर्दै परम्परागत पेशाको आधुनिकरण बिकासमा योगदान आवश्यक रहेको बताउदै बिश्वकर्मा जातिभित्र रहेको थर,गोत्रहरूलाई पहिचान गरि लिपिबद्व गर्न –नामको पछाडि थर वा बिश्वकर्मा लेखिनुको सट्टा प्रशासनिक निकायबाट जर्वजस्ती लेखिने गरेका अपमानित शब्दवलीको पूर्ण रूपमा बहिष्कार गर्दै मानव मर्यादा र आत्मा सम्मानको अभियानमा क्रियशिल रहन सबैलाई आग्रह गरेका थिए ।

साथै भेलाले महत्त्वपूर्ण निर्णय गर्दै आवश्यक कागजी प्रक्रिया पूरा गरि जिल्ला प्रशासन कार्यालय र सम्बन्धित निकायहरूमा दर्ता गर्ने गरि समितिलाई जिम्मेवारी दिएको छ। विभिन्न सामाजिक संघसंस्थाका पदाधिकारी ,स्थानीय पालिकाका जनप्रतिनिधि ,राजनितिक दलका प्रतिनिधि ,स्थानीय समाजसेवी ,बुद्धिजीवी लगाएतको सक्रिय सहभागी रहेको कार्यक्रम बिश्वकर्मा समाजका केन्द्रीय उपाध्यक्ष दिपकनारायण बिश्वकर्मा ,छुवाछूत बिरूद्व अभियानका उपाध्यक्ष मानबहादुर रसाइली ,केन्द्रीय कोषाध्यक्ष माया गहतराज अभियानका प्रदेश सदस्यहरूको बिशिस्ट आतिथ्यता ,टेकबहादुर सुनारको अध्यक्षता समाजसेवी सु.टेकबहादुर बि.क.को स्वनगत रशेरबहादु सुनारको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया