शान्ति पनर्स्थापना गृहद्धारा चन्द्रौटाबाट सात चेलीको उद्धार

कपिलवस्तु । पछिल्लो समय भारत हुदै तेस्रो मुलुक अबैध तरिकाले जाने संख्यामा बृद्धि हुने गरेको देखिइरहेका बेला कपिलवस्तुबाट अबैध बाटो हुँदै भारत जानलगेका सात चेलीको उद्धार गरिएको छ । कपिलवस्तु जिल्लाको चन्द्रौटा बाट शान्ति पनर्स्थापना गृहका कपिलवस्तु संयोजक बसन्ती जिसी सहितको ३ जनाको टोलीले ७ जना चेलीहरु भारत हुदै तेस्रो मुलुक जाने सूचनाका आधारमा नेपाल प्रहरीको सहयोगमा उद्धार गरेको हो ।

मानव बेचबिखन बिरूद्ध काम गर्ने विभिन्न संघ संस्थाले आफू सक्ने मानव बेचबिखन हुन न दिन अहोरात्र खटेका हुन्छन ति संस्था मध्येको एक शान्ति पनर्स्थापना गृह (उचअ) पनि हो।

बुटवल बाट नेपालगन्ज हुदै भारत भइ ओमान तथा कुबेत जान लागेको शान्ति पनर्स्थापना गृहका राष्ट्रिय उद्धार संयोजक भूमिराज भट्टराईले सूचना पाएपछि पीआरसीका कपिलवस्तु संयोजक बसन्ती जिसीसहितको टोलीले उनीहरुको उद्धार गर्ने कार्य अगाडि बढाइएको थियो ।

शान्ति पनर्स्थापना गृह चन्द्रौटा कार्यालयको पहल तथा नेपाल प्रहरीको सहयोगमा बसन्ती जिसीले सात चेलीलाई उद्धार गर्न सफल हुनुभयो ।

उद्धार गरिएका सात जना महिलाहरु उदयपुर जिल्लाकी १ जना, सप्तरीकी २ जना, चितवनकी १ जना, सुनसरीकी १ जना, झापाकी १ जना, सिन्धुपाल्चोक जिल्लाकी १ जना गरि सात जना रहेका छन्। उनीहरु संग सोधपुछ गर्दा भारतको दिल्ली हुदै एक जना ओमान तथा अन्य छ जना दिल्ली हुदै कुबेत जान लागेको रहस्य खुलेको तथा उक्त घटनामा संलग्न अन्य व्यक्तिहरूको प्रहरीको सहयोगमा खोज तलास गर्ने शान्ति पनर्स्थापना गृहकी कपिलवस्तु संयोजक बसन्ती जिसीले जानकारी दिनुभयो।

प्रतिक्रिया