नारायणी नदीमा डुबेर एकै घरका दाजुभाइको मृत्यु

नवलपरासी । नारायणी नदीमा डुबेर एकै घरका दाजुभाइको मृत्यु भएको छ। नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को गैँडाकोट नगरपालिका–७ का सबिन कुमाल र सङ्गम कुमालको नारायणी नदीमा डुबेर मृत्यु भएको हो।

आज दिउँसो नारायणी नदीमा पौडी खेल्ने क्रममा गैँडाकोट नगरपालिका–७ गैरी बस्ने सुमन कुमालका छोराहरू १४ वर्षीय सबिन कुमाल र नौ वर्षीय सङ्गम कुमालको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट सुस्तापूर्व०का प्रहरी नायब निरीक्षक बेदबहादुर पौडेलले बताए।

ुनदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुवै जनाको उद्धार गरी उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकामा चिकित्सकले मृत घोषित गरेका हुन्ु, उनले भने। घटनाका बारेमा थप अनुसन्धान भइरहेको पौडेलले बताए।

प्रतिक्रिया