विजयनगरमा खुल्ला तीज गीत प्रतियोगिता सम्पन्न
रामबहादुर गन्धर्व । राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनी प्रदेशका अध्यक्ष चिन्ता परियारले हिन्दु महिलाहरूको महान पर्वको रूपमा रहेको तिजमा नचाहिदो ,फजुल खर्च (भड्किलो नगरी सामन्य रूपमा मनाउन सबैमा अनुरोध गरेका छन् ।
बिहिवार राष्ट्रिय दलित पत्रकार संघ जिल्ला शाखा कपिलवस्तुद्वारा बिजयनगरको प्रेमनगरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष परियारले परम्परागत रूपमा चेली ,माइतीको सम्बन्धलाई लिएर गाइने गितहरू हराउन नपाओस र पत्रकारहरूको महत्त्वलाई सबैले बुझ्न सकुन भन्ने उद्वेश्यले खुला तिजगित प्रतियोगिता आयोजना गरिएको उनले बताए ।
त्यस्तै खुला तीज गीत प्रतियोगिता सांस्कृतिक कार्यक्रम २०८०को शुभकामना दिदै दलित महिला मानवअधिकारकर्मी मिना परियारले तिज पर्वलाई भड्किलो ,खर्चिलो नबनाई अवस्था अनुसार ब्यस्था गर्नुपर्नेमा जोड दिएकी छन् ।
कार्यक्रममा १०वटा समूहले भाग लिएका थिए जस मध्ये आवर मदरल्याण्ड एकेडेमी शिवराज ५ चन्द्रौटाले प्रथम स्थान हाँसिल गरि प्रमाणपत्र सहित रू. १० हजार पुरस्कार प्राप्त गरेको छ, पालिका स्तरिय किसोरी मंचले द्वितीय स्थान हासिल गर्दै प्रमाणपत्र ,६हजार नगद प्राप्त गरेको छ, माछापुच्छ्रे शिवराज ३ मदवाले तृतीय स्थान रू. ४ हजार र दिदीबहिनी समूह बिजयनगर र प्रतिभा किसोर किसोरी समूह बुद्ध भुमि ९ इमिलियाले सान्त्वना स्थान हाँसिल गरि २र२ हजार सहित पुरस्कृत भएका छन् ।
कार्यक्रम संघका अध्यक्ष सम्भु बि।क।को अध्यक्षता बिजयनगर गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाको प्रमुख आतिथ्यता ,दिपिका सुनारको स्वागत मन्त्ब्य र सचिव सागर बि।क।को सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया