नेपाल र भारत मिलेर कोदोलाई विश्वमा ब्रान्डिङ गर्नुपर्छ : भारतीय राजदूत

काठमाडाैँ :

 नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले नेपाल र भारत मिलेर कोदोको उत्पादन बढाउनुपर्ने बताएका छन् ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै श्रीवास्तवले नेपाल र भारत मिलेर कोदोको उत्पादन बढाउँदै कोदोबाट विभिन्न परिकार बनाएर विश्वमा ब्रान्डिङ गर्नुपर्ने बताएका हुन् ।

भारतले कोदोको उत्पादन बढाउने अभियान नै सञ्चालन गरिरहेको जानकारी दिँदै श्रीवास्तवले नेपालले पनि कोदो उत्पादन बढाउने गरी उत्पादनलाई बजारीकरण गर्नसक्नुपर्ने बताए । कोदो स्वास्थ्यका लागि धेरै नै लाभदायी भएकाले पनि नेपाल र भारत दुवै देशले आफ्नो उर्वर भूमिमा कोदो रोप्नुपर्ने उनको भनाइ थियो ।

उनले भारतले केही दिनपछि नै जि–२० सम्मेलन गरिरहेको र सो सम्मेलनमा पनि दिगो विकासलाई प्राथमिकतामा राखेको बताएका थिए ।

प्रतिक्रिया