ज्ञानज्याेतिमा स्वास्थ्य जनचेतनामूलक प्रशिक्षण

रामबहादुर गन्धर्व । कपिलवस्तु जिल्लाकाे बाणगंगा नगरपालिका ६ बैदौली स्थित कपिलवस्तु ज्ञानज्याेति शिक्षा सदनले आफ्नाे बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरूलाई प्रत्येक शुक्रबार रचनात्मक कार्यक्रम गर्दै आएकाे छ । हरेक शुक्रबार नाे बुक्स कार्यक्रम अन्तर्गत बिद्यालयले स्वास्थ्य सँग सम्बन्धित जनचेतनामूलक प्रशिक्षण सञ्चालन गरेको हाे ।

कार्यक्रमलाई सहजीकरण गर्दै काेपवा स्वास्थ्य चौकीका प्रमुख कृष्ण घिमिरेले , स्वास्थ्य सम्बन्धि जानकारी दिदै लागू पदार्थ सेवनकाे असर,प्राथमिक उपचार -किशोर अवस्था बारेमा महत्त्वपूर्ण बिषयमा प्रशिक्षण दिनु भएको थियो ।

कक्षा ७–१०सम्मका १सय ५६जना छात्र छात्राहरूकाे सहभागी रहेको उक्त कार्यक्रम बिद्यालयका प्रचार्य ठाकुर प्रसाद पाेख्रेलकाे अध्यक्षता सहयाक प्र.अ.प्रकाश बि.क.काे सञ्चालनमा सम्पन्न भएको बिद्यालयले जनाएको छ।

प्रतिक्रिया