आजकै दिन : नील आर्मस्ट्रङको मृत्यु

काठमाडौँ

सन् २०१२ मा आजकै दिन (अगस्ट २५) अन्तरिक्षयात्री नील आर्मस्ट्रङको मृत्यु भएको थियो । उनी चन्द्रमामा पाइला टेक्ले पहिलो व्यक्ति हुन् ।

अमेरिकी अन्तरिक्षयात्री आर्मस्ट्रङ १९६९ को जुलाई २० मा चन्द्रमामा पुगेर विश्व रेकर्ड बनाएका थिए । उनी अन्तरिक्ष अभियान अपोलो ११ को लुनर मोडेलबाट चन्द्रमा पुगेका थिए । उक्त यानका पाइलट बज एल्ड्रिन हुन् । मिसन कमान्डर आर्मस्ट्रङसँगै चन्द्रमामा पुगेका थिए । तर चन्द्रमाको सतहमा पहिले उत्रेका कारण आर्मस्ट्रङको नाम चन्द्रमामा पुग्ने पहिलो मानिसका रूपमा रहेको हो ।

आर्मस्ट्रङ र एल्ड्रिनले करिब साढे तीन घण्टासम्म विभिन्न प्रयोग गर्नुका साथै तस्बिरहरू खिचेका थिए । त्यसका साथै उनीहरूले अमेरिकाको झन्डा गाडेकाथिए । अपोलो–११ यान १९६९ को जुलाई १६ मा क्यानडेली अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको थियो । पृथ्वीबाट पाँच दिनको यात्रापछि जुलाई २० मा यान चन्द्रमामा पुगेको थियो ।

चन्द्रमामा पुग्नुअघि उनी अन्तरिक्ष प्रविधि परीक्षणबारेको १९६२ को गेमिनी मिसन र १९६६ को गेमिनी–८ मिसनमा समेत सहभागी भएका थिए । अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले १९६१ मे २५ मा एक दशकभित्र चन्द्रमामा मानिस पठाउने घोषणा गरेका थिए । तर चन्द्रमामा मानिस पुग्ने बेलासम्म उनको भने मृत्यु भइसकेको थियो ।

जुलाई १९३० को अगस्ट ५ मा जन्मिएका आर्मस्ट्रङ अमेरिकी अन्तरिक्षयात्री तथा एरोनटिकल इन्जिनियर थिए । अमेरिकी अन्तरिक्ष एजेन्सीबाट १९७१ मा अवकाश लिएपछि उनी अन्तरिक्षको शोध र अन्वेषणका क्षेत्रमा लामो समय क्रियाशील थिए ।

प्रतिक्रिया