प्रविधिको युगमा सिद्धार्थ क्याम्पसको फोटोजोन, नौलो अभ्यासमा अग्रसर बन्दै

ईसाझाकुरा संवाददाता : प्रविधिको युगमा कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका( १ मा अवस्थित सिद्धार्थ क्याम्पस बाणगंगाको प्राङ्गणमा फोटो जोनको उद्घाटन नौलो कामको सुरुवात गरेको छ ।स्नातक तहको भर्ना अभियानलाई लक्षित गरि आज एक कार्यक्रमका बीच फोटो जोनको उद्घाटन गरिएको हो ।

क्याम्पस प्रमुख बेदराम अर्यालले उक्त फोटो जोनमा पहिलो फोटो खिचेर कार्यक्रमको उद्घाटन गर्नुभएको हो। क्याम्पस प्रमुख अर्यालले फोटो जोनले भर्ना अभियानलाई प्रभावकारी रुपमा अघि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रम क्याम्पसको सामाजिक सम्बन्ध तथा सूचना एकाईको संयोजनमा भएको हो । फोटो जोनमा क्याम्पसका प्राध्यापक, कर्मचारी, स्ववियु पदाधिकारी र विद्यार्थीहरूले फोटो खिचेका थिए । भर्ना अवधिभर फोटो जोन सञ्चालनमा रहने सामाजिक सम्बन्ध तथा सूचना एकाई संयोजक कुलराज भुसालले जानकारी दिनुभयो ।

प्रविधि तथा सामाजिक संजालको बढ्दो प्रयोगलाई ध्यानमा राखेर प्रचारप्रसारको शैलीमा नविनता थप्न फोटो जोन संचालनमा ल्याइएको संयोजक भुसालले बताउनुभयो ।

फोटो जोनले भर्ना अभियानलाई व्यापकता दिलाउनुको साथै क्याम्पसको सिर्जनालाई समेत झल्काउने उहाँको भनाई छ । यसैबीच क्याम्पसले आजै एक कार्यक्रमकाबीच कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु सम्मान गरेको छ । यस अघि क्याम्पसले टिकटक प्रतियोगिता आयोजना गरेर विद्यार्थीहरुको क्षमता प्रस्तुतीकरणमा उल्लेखनीय भुमिका क्याम्पसले खेलेको छ ।

प्रतिक्रिया