एसएलसी साथीहरुले गरे ४३ वर्ष पछि पुनःमिलनसँगै गुरु सम्मान

कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा वि. सं. २०३७ सालमा सँगै एसएलसी परीक्षामा सहभागित भएका विद्यार्थीहरुको समुहले प्रथम पुर्नमिलन तथा गुरु सम्मान कार्यक्रम गरेका छन् । जिल्लाको विभिन्न स्थानमा रहेर २०३७ सालमा सँगै अध्ययन गरी एसएलसी परीक्षामा सहभागि भएका उनीहरुले ४३ वर्ष पछि एकैथलोमा सहभागि हुने अवसर मिलेको बताएका छन् ।

२०३७ सालमा बाणगंगा नगरपालिका सिद्धीपुर गजेहडा स्थित बाणगंगा माध्यमिक विद्यालयबाट सँगै एसएलसी परीक्षामा सहभागि भएका विद्यार्थीहरुको उपस्थितिमा कार्यक्रम गरिएको ज्ञानप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

लुम्बिनी पार्टी प्यालेस बाणगंगा २ पिपरामा सम्पन्न भएको कार्यक्रममा धर्मराज घिमिरेको अध्यक्षता रहेको थियो भने नन्दकिशोर शुक्लाको प्रमूख आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा कृष्ण प्रसाद पौडेल र डिलबहादुर कार्कीको विशिष्ठ आतिथ्यता रहेको थियो ।

जंजिर प्रसाद थारुको स्वागत र ज्ञानप्रसाद पाण्डेको संचालनमा सम्पन्न कार्यक्रममा दिपक थापा, डा.मोतिलाल भुषाल, नाथुराम थारु र टंकप्रसाद आचार्यले सम्बोधन गर्नुभएको थियो ।

यस्तै सोही कार्यक्रम मार्फत डा. मोतिलााल भुषाल, जितबहादुर थारु , खिमबहादुर रायमाझी र ज्ञानप्रसाद पाण्डेलाई सम्मान समेत गरिएको थियो । यस्तै नन्दकिशोर शुक्ला, कृष्ण पौडेल र डिलबहादुर कार्कीलाई पनि सम्मान गरिएको छ ।
३० जनाको सहभागिता रहेको कार्यक्रममा लामो समय पछि एउटै कर्याक्रम मार्फत भेट हुने अवसर मिलेकोमा एक आपसमा खुसी साटासाट समेत गरिएको छ।

प्रतिक्रिया