

बलात्कारको प्रयास गर्ने शिवराजका पौडेल र पाण्डे पक्राउ




कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिकाको एक महिला कर्मचारीलाई बलत्कार प्रयासको आरोप लागेको दुई आरोपितलाई प्रहरीले पक्राउ गरेको छ ।
आधारभुत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाका प्रमुख लेखनाथ पौडेल र शिवराज नगरपालिका वडा नं ३ बस्ने भुवन पाण्डेलाई पक्राउ परेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक शेखरजगं मल्लले जानकारी दिनु भयो ।
साउन १२ गते शुक्रवार राती एक महिला कर्मचारी माथि बलात्कारको प्रयास गरि फरार रहेका आरोपीलाई लुकेर बसेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएकोछ । पौडेल बुद्धभुमीको बुड्डि भन्ने स्थानमा र पाण्डेलाई कृष्णनगरबाट प्रकाउ गरिएको थियो ।
घटना साउन १२ गते रातीको भएपनी १४ गते आइतबार साझ आबेर मात्र पीडितले पौडेल र पाण्डे विरुद्ध जाहेरी दर्ता गरेका थिए ।
पक्राउ परेका आरोपितहरुलाई आजै म्याद थप गरि कानुनी प्रक्रिया आगाडी बढाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया